दमक उद्योग बाणिज्य संघमा लोक तान्त्रिक प्यानल विजयी
७ माघ २०७९/डिकेश लामा
झापाको व्यापरिक केन्द्रको रुपमा स्थापित बन्दै गएको दमक बजारको हिजो भएको बाणिज्य संघको निर्वाचनमा लोकतान्त्रिक प्यानल विजयी बनेको छ ।
संघको अध्यक्ष पदमा ३ सय ३४ मतान्तरमा देवीप्रसाद गुँरागाईं (गोपाल) विजयी बन्नस भएको छ । उहाँको प्रतिद्वन्दी विमल खतिवडाले ६५१ मत प्राप्त गर्दा गुँरागाईंले ९८५ मत ल्याइ विजयी बन्नु भएको हो ।
यस्तै प्यानलको तर्फबाट वरिष्ठ उपाध्यक्षमा राजु खड्का, प्रथम उपाध्यक्ष राजकुमार योङया, द्वितीय उपाध्यक्ष ज्ञाननाथ पौडेल, तृतीय उपाध्यक्षमा रुवल अधिकारी विजयी बन्नु भएको छ । महिला उपाध्यक्षमा सुष्मा निरौला निर्विरोध बन्नु भएको हो ।
यस्तै कार्यसमितिको खुल्ला सदस्यमा तुलसीराम तिम्सिना, टिकाराम खतिवडा, हेमसागर अधिकारी, सुवाचन्द्र गड्तौला, कमल कटुवाल, उमेश गजमेर विजयी हुनु भएको छ । महिला सदस्यमा संगीता तुम्बापो, कविता अधिकारी र लेखा समिति संयोजकमा नेत्र प्रसाद चम्लागाँई विजयी बन्नु भएको छ ।
यता कार्य समितिको बस्तुगत सदस्यतर्फ सदस्यहरु अन्जना ताम्राकार, तिलबहादुर डाँगी, दिपकप्रसाद गौतम्, प्रकाश नेपाल, विवेश श्रेष्ठ, भेनस श्रेष्ठ र संजिव बराल निर्विरोधरुपमा चयन हुनु भएको छ । यस्तै २ लेखा समिति सदस्यहरुमा पदमबहादुर राउत, सदानन्द घिमिरे निर्विरोध चयन हुनु भएको छ । २ हजार १६ जना मतदाता रहेको संघको निर्वाचनमा ८४ प्रतिशत मत खसेको निर्वाचन समितिले जानकारी दिएको छ । हरेक ३ बर्षमा हुने निर्वाचनमा विगत बर्षहरुमा भदौ या गर्मी मौषममा निर्वाचन हुने गथ्र्यो भने यस बर्ष देखि हिउँदको समयमा निर्वाचन गर्ने पराम्पराको थालनी गरेको निवर्तमान अध्यक्ष गोकुल श्रेष्ठले जानकार िदिनु भयो ।