जंगल भित्र रंगमञ्चन महोत्सवः पत्रकार र रंगकर्मी सम्मानित (फाेटाे फिचर)

११ माघ २०७९/चुलाचुली, इलाम
पूर्वमा रंगकर्ममा कृयाशील रंगकर्मी र पत्रकार सम्मानित भएका छन् । झापाको सीमासँगै जोडिएको इलामको चुलाचुली थिएटरले आफ्नो ९ औँ वार्षिक उत्सवको अवसर पारेर झापाका पत्रकार चिरञ्जीवी घिमिरे, रंगकर्मी जीवन बराल र रमिता राईलाई सम्मान गरिएको छ । झापालाई कर्मथलो बनाएर एक दशकदेखि पत्रकारित गर्दै आएका घिमिरेलाई रंगमञ्च, कला र साहित्य क्षेत्रमा कमल चलाएको भन्दै रंगमञ्चले सम्मान गरेको हो । नेपाल पत्रकार महासंघ झापा शाखाको कार्यसमिति सदस्यसमेत रहेका घिमिरे नयाँ पत्रिका दैनिकमा कार्यरत छन् ।


यस्तै, लामो समयदेखि रंगकर्ममा क्रियाशील बराललाई रंंगकर्ममा पु¥याएको योगदानलाई कदर गर्दै सम्मानित गरेको हो । बराल अढाई दशकदेखि रंगमञ्चमा छन् । यस्तै, सम्मानित राई चुलाचुली रंगमञ्चकी कलाकार हुन् । उनी ९ वर्षदेखि रंगकर्मममा कार्य गर्दै आउनु भएको छ ।
रंगमञ्चले आफ्नो ९ औँ वार्षिक उत्सवको अवसरमा दुई दिने नाट्य उत्सव आयोजना गरेको छ । मंगलबार र बुधबार दुई तीन चुलाचुली–३ स्थित शिववरक मिलनपोखरी वनमा आयोजना भएको नाट्य उत्सवमा झापा, इलाम, मोरङका दश नाटक मञ्चन भएका छन् । प्रकृतिको संरक्षण गरौं भन्ने अभियानमा स्थानीय देखि राष्ट्रिय स्तरका कलाकारहरुको सहभागिता रहेको कार्यक्रम संयोजक तथा चुलाचुली रंगमञ्च इलामका संस्थापक अध्यक्ष चेतन आङ्थुपोले बताउनु भयो । अध्यक्ष अाङथुपाेका अनुसार काेठा भित्र गरिने रंगमञ्चनलाइ प्रकृतिसँग खुल्ला क्षेत्रमा प्रर्दशनकाे थालनी गरेकाे बताउनु भयाे ।


कार्याक्रममा २ दिनको नाटकको कार्यशाला राष्ट्रिय कलाकार विजय बराल लगायत थिएटरका अगुवा कलाकारले सहजीकरण गर्नु भएको छ । कार्यक्रममा २ दिने जंगल भित्र गरिएको रंगमञ्च महोत्सवमा सहयोग गर्ने सहयागी दाता, गाऊँपालिकाका अध्यक्ष राजेन्द्र केरुङ, वडा अध्यक्ष लगायतलाई मायाको चिनो प्रदान गरिएको छ ।
केन्द्रिकृत कलारिताको विट र थिएटर बन्द कोठा भित्र मात्र हुन्छ भन्ने चलनलाई तोड्न पनि यस्ता खाले महोत्सव र थिएटरका कार्याक्रम संचालन गरिएको आयोजक चुलाचुली रंगमंचले जानकारी दिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post भूकम्पका कारण बाजुरामा एक जनाको मृत्यु, केही घाइतेः दर्जनाैं घर भत्किँदा जनजीवन प्रभावित
Next post दमक भ्यू टावारको १८ तला सम्पन्नः बाँकी कार्य धमाधम बन्दै (फोटो फिचर)