दमक भ्यू टावारको १८ तला सम्पन्नः बाँकी कार्य धमाधम बन्दै (फोटो फिचर)

फाेटाेः पर्वत तामाङ

१२ माघ २०७९/डिकेश लामा

राष्ट्रिय गौरबको आयोजनाको रुपमा हेरिएको झापाको दमकमा निर्माणधीन नेपालकै नमूना भ्यूटावर निर्माणको १८ तलाको निर्माण कार्य सम्पन्न भएको छ । डेढ अर्व लगानीमा थालिएको योजनाको मुख्य कार्य सकिए पछि त्यस माथि स्टील र फलामको टावार निर्माण गर्ने कार्य शुरु गरिएको छ ।

नेपालकै गौरबशाली योजनाको रुपमा हेरिएको झापाको दमकमा निर्माणधीन १ सय मिटर अग्लो १८ तले व्यापरिक केन्द्र सहितको भ्यूटावरको ७५ प्रतिशत काम सकिएको छ । मुख्य कार्य तला निर्माणको काम सकेर सवैभन्दा माथिल्लो भागको काम भइरहेको निर्माणमा रेखदेख गर्दै आएको सघन शहरी विकास तथा भवन निर्माण आयोजना झापाका इन्जिनियर भुपेन्द्रकुमार यादबले बताउनु भयो । यादबका अनुसार संरचनाको काम सम्पन्न भई स्टीलको काम भएको छ । आर्थिकरुपमा झण्डै ६३ प्रतिशत खर्च भइसकेको छ । तथापि तोकिएको म्याद भित्र भने भ्यूटावर अझै पनि निर्माण सम्पन्न हुने देखिएको छैन । तसर्थ पुनः म्याद थप गरेर जतिसक्दो चाँडो कार्य सम्पन्न गरिने उहाँले बताउनु भयो ।

५ विगाह जमिनको घेराबारा भित्र ७ कठ्ठा जमिनमा निर्माण थालिएको व्यापरिक केन्द्र सहितको भ्यूटावर ठडिन थालेसँगै अन्य जिल्लाका आगन्तुकहरु समेत आउन थालेका छन् । अन्डर ग्राउण्डमा पार्किङ देखि हरेक तलामा व्यापरिक प्रयोजनले बनाइएकाले भ्यूटावरले पूर्वी नेपालकै विकास हुने स्थानीय अगुवा हरिहर दाहालले बताउनु भयो । दाहालका अनुसार टावर निर्माण हुनु अघि पिछाडिएको ग्रामिण क्षेत्रमा पछिल्लो समय मानिसहरुको चहलपहल समेत बढ्न थालेको छ । खासगरी जग्गाको मुल्य भने अधिक बढेको उहाँले बताउनु भयो ।

निर्माणधीन दमक भ्यूटावर

त्यसो त टावरको पूर्वाधार निर्माण देखि नै सो क्षेत्रमा जमिन किनवेचको कारोवार बढ्दै आएको छ । टावर निर्माणले गति लिएसँगै पछिल्लो समय अझ जमिनको मुल्य आकासिन थालेको स्थानीय बासिन्दाले बताएका छन् । १ अर्व ५६ करोड बजेटमा निर्माण थलिएको भ्यूटावर तोकिएको समयमा निर्माण नसेके पछि पुन एक बर्ष म्याद थप गरी निर्माण हुँदै आएको छ । तर थप म्यादमा समेत काम नसकिने भए पछि पुनः म्याद थपेर काम सम्पन्न गरिने आयोजनाले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post जंगल भित्र रंगमञ्चन महोत्सवः पत्रकार र रंगकर्मी सम्मानित (फाेटाे फिचर)
Next post देशभर विधिपूर्वक सरस्वतीको पूजा आराधना गरी मनाइयो श्रीपञ्चमी (फाेटाे फिचर)