क्रसरले कष्टः सरोकारवाला निकाय मुकदर्शक (फाेटाे फिचर)

२६ माघ २०७९/डिकेश लामा

झापा जिल्लामा संचालन हुँदै आएको क्रसर उद्योगले पर्यावरण मात्र नभई नदि नियन्त्रणमा समेत समस्या हुन थालेको छ । मापदण्ड विपरित जताततै क्रसर उद्योगहरु संचालन गर्दा समस्या भएको प्रभावित क्षेत्रका बासिन्दाले गुनासो पोखेका छन् । झापाको दमक वडा नं. ३ मा संचालित बालुवा उद्योगले केही दिन अघि लाखौं रकम खर्च गरेर निर्माण गरेको बाँध फुटाएर बालुवा प्रशोधन गर्दै आएको छ । स्थानीय क्षेत्रका बासिन्दाले बाँध निर्माण देखि खोलाको उच्च जोखिम र गाउँबस्ती नजिक क्षेत्रमा क्रसर संचालन रोक्न माग गरे पनि सुनवाई नभएको मावा खोला जग्गा कटा तथा तटबन्धन समितिका अध्यक्ष वेदनिधि चापागाँईले बताउनु भयो । चापागाँइका अनुसार यस अघि लगाएकाे पुरानाे बाँध काटेर दमक वडा नं. ३ गाेलाटारमा संचालित वीएफअाे बालुवा प्रशाेधन उधाेगले लापार्वाही ढंगबाट काम गरिरहेकाे बताउनु भयाे । यस बाहेक क्रसर संचालनले खाेलाकाे पानी धमिलाे भएकाले दक्षिण तर्फ रहेकाे घाटमा मलामीलाइ समेत समस्या भएकाे बताउनु भयाे । यस बाहेक नजिकै रहेकाे कृषाि बालीमा समेत ठूलाे क्षति पुगेकाले उधाेग बन्द गर्नुकाे विकल्प नभएकाे उहाँले बताउनु भयाे ।

जिल्लामा आधिकारिकरुपमा दर्ता भएर २० वटा बालुवा प्रशोधन र १२ वटा क्रसर उद्योग रहेका छन् । तर दर्ता तथा नविकरण विनै अन्य धेरै वटा क्रसर संचालन भइरहँदा समेत सरोकारवाला निकाय मौन रहेको दमक वडा नं. ३ का सर्वजित खड्काले बताउनु भयो । खड्का अनुसार पुलिस प्रशासनमा कुरा राख्दा पनि सुनवाइ हुन नसके पछि गाउँले आफै मिलेर क्रसर हटाउन माग गर्दै नगरपालिकामा समेत उजुरी गरेको बताउनु भयो ।

राज्यको संयन्त्रले क्रसर उद्योग नियन्त्रण गर्ने प्रयास गर्दै आए पनि हुन सकेको छैन । तथापि देखेका र गुनासा आएका समस्या प्रति सचेत हुँदै आएको घरेलु तथा साना उद्योग कार्यालय झापाका निमित्त प्रमुख प्रेमप्रसाद सापकोटाले बताउनु भयो । सापकोटाका अनुसार दर्ता नभएका र नविकरण नभएकाहरु पनि संचालन रहँदा राज्यको उचित विनियम हुन नसक्दा अवैध क्रसर हटाउन समस्या भएको बताउनु भयो । उहाँका अनुसार बालुवा उद्योगको नाममा ढुङ्गाको काम गर्नेलाई अनुगमन गरी कार्वाही गरे पछि नियन्त्रण भएको छ । तर यता स्थानीय दमकको मावा खोलामा संचालित बालुवा उद्योगहरुले भने धमाधम क्रसरको कार्य गर्दै आएको स्थानीयले बताएका छन् ।

जिल्लामा लार्पावाही ढंगबाट राखिएका क्रसर तथा बालुवा प्रशोधन उद्योगले नदि नियन्त्रणसँगै कृषि क्षेत्रमा समेत असर पुर्याएको छ । उद्योगबाट निस्कने धुलो धुँवाले किसानहरु मारमा परेका छन् भने खोला नजिकै उद्योग संचालन गर्दा नदि नियन्त्रणमा समेत उच्च जोखिम बढेको छ । केही स्थानमा स्थानीय तह तथा प्रहरी प्रशासनमा समेत जानकारी गराउँदा समेत कार्वाही नभए पछि स्थानीयले सरकारकै सेटिङमा क्रसर संचालन भएको आशंका गर्न थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post माेटर साइकल दुर्घटनामा परी गम्भीर घाइते भएका रिवाजकाे उपचारमा अमेरिकाबासीबाट सहयाेग
Next post टर्की र सिरिया भूकम्पमा परी मृत्यु हुनेको संख्या बढ्दै