माेटर साइकल दुर्घटनामा परी गम्भीर घाइते भएका रिवाजकाे उपचारमा अमेरिकाबासीबाट सहयाेग

२५ माघ २०७९,झापा– सवारी दुर्घटनामा घाईते भई उपचाररत दमकका १८ बर्षिय रिवाज पौडेलको उपचारका लागि अमेरिकामा बस्दै आएका दमकेलीहरुको सहयोगमा नगद २ लाख बढी सहायता रकम प्राप्त भएको छ । अमेरिकामा बसोबास गर्दै आएका सामाजिक अभियान्ताको समेत पहिचान बनाएका सुदिपराज पन्तको पहलमा त्यहाँ संकलन भएको कुल २ लाख ११ हजार रुपैयाँ सहायता रकम वेस्टर्न युनियन मार्फत रिवाजका बुबा शेखर पौडेलको नाममा बुधबार प्राप्त भएको हो ।

पन्तसहित २८ जना सहयोगी दाताहरुबाट प्राप्त भएको सो रकम घाईते रिवाजको उपचारमा लगाइएको छ । रिवाजका बुबा शेखरले उपचारका लागि सहयोग जुटाउने अभियानमा सक्रिय सहभागिता जनाइरहेका दाताहरुप्रति धन्यवाद व्यक्त गरेका छन । रिवाजको विर्तामोडस्थित बिएण्डसी अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको छ । दुर्घटनाका कारण उनको टाउकोमा गम्भिर चोट लागेको चिकित्सकहरुलाई उदृद्ध गर्दै रिवाजका बुबा शेखर पौडेलले जनाएका छन । रिवाजको विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ । उनको शुक्रबारनै टाउकोको शल्यक्रिया (अपरेशन)भएको छ ।

उनको उपचारमा मोटो रकम खर्च भइरहेको अस्पताललाई उदृत गर्दै उनको उपचारमा सहजीकरण गरिरहेका मेची सेकेण्ड्री बोर्डिङ स्कूलका प्रिन्सिपल श्रवण पोखरेलले जानकारी दिए ।

डाक्टरहरुले थप उपचार आवश्यक भएको बताइरहेका छन उपचार खर्चको अभाव हुँदा उपचार पाउन नसक्ने अवस्था पनि आउँदो रहेछ त्यसैले रिवाजको उपचारमा आर्थिक जोहो गर्नुपर्ने देखिन्छ – प्रिन्सिपल पोखरेलले दोहोरयाए ।

उनको उपचारका लागि थप रकम आवश्यक भएकाले सहयोग गरिदिन सार्वजनिक अपिल गरेका छन । अस्पतालमा छोराको उपचारमा रहेका पौडेलले सामाजिक सञ्जाल फेसबुकमार्फत छोराको जिवन बचाई दिन सार्वजनिक अपिल गरेका हुन ।

अमेरिकाबाट सुदिप पन्तको नेतृत्वमा संकलित सहायता रकम र दाताहरुको नामावली यस प्रकार छ :-

पुनश्च:- दमकमा जुटेको सहायता रकमको विवरण क्रमस प्रकशित गर्दै जानेछौ

गोमा खतिवडा -$२१

अन्जु पौडेल $५१               

बेद राज बस्नेत $५१

भरत पोख्रेल $५१

शम्भु आचार्य $१००

बिष्णु सेढाईँ $१५०

सुदिप पन्त $२२५

विश्व राज उपाध्याय $१००

गोपाल खनाल $२१

सन्जु सापकोटा $५१

किशोर सन्जेल $५१

बिशाल नेपाल $३१

गौतम दाहाल -$३१

शारदा श्रेष्ठ $३५

सुशिला सापकोटा $३१

कृष्ण श्रेष्ठ $५१

झमक निरौला -$५१

योगेन्द्र बिमली $५१

बिबेक खतिवडा $१००

घनश्याम पन्त $३१

योगेन्द्र श्रेष्ठ -$५५

भक्त नेपाल $५१

सन्तोष प्रसाईं $३१

खेम पौडेल -$३१

मेघेन्द्र श्रेष्ठ -$५१

भक्त श्रेष्ठ-$५१

उत्तम थापा $३१

रमेश पाठक $५१

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post टर्की र सिरियाको सिमा क्षेत्रमा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या ११ हजार नाघ्याे
Next post क्रसरले कष्टः सरोकारवाला निकाय मुकदर्शक (फाेटाे फिचर)