
यातायात मजदुर सङ्गठनको आन्दोलन फिर्ता
२ फाल्गुण काठमाडौँ- यातायात मजदुर सङ्गठनको आन्दोलन फिर्ता भएको छ । आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरकार र मजदुर सङ्गठनबीच भएको वार्तामा आन्दोलन फिर्ता लिने समझदारी भएको हो ।
मजदुर सङ्गठनका जायज माग सम्बोधन गर्ने समझदारी भएसँगै आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता भएको हो । यातायात मजदुर सङ्गठनले आज उपत्यकामा यातायात बन्दको घोषणा गरेको थियो । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ सम्मिलित वार्तापछि यस्तो समझदारी भएको उहाँका प्रेस विज्ञ कमल गिरीले जानकारी दिनुभयो । ट्राफिक जरिवाना घटाउनु पर्ने सहित विभिन्न १० बुँदे माग राख्दै यातायात मजदुरले हिजो गोङ्गबु बसपार्क क्षेत्रमा प्रहरीकाे गाडीमा आगजनी तथा तोडफोड सहित आन्दोलन गरेका थिए ।
More Stories
महको मुल्य र बजार बढ्दैः नमूना माैरी पालनले थाल्याे स्राेत अनुसारकाे मह विक्री
२९ वैशाख २०८२/बालदिवश तामाङ पछिल्लो समय किसानहरुले मौरीको महको स्रोत अनुसार मुल्य निर्धारण गर्न थालेका छन् । उपभोक्ताको माग अनुसार...
९० दिनका लागि अमेरिका चीन आयात शुल्क कटौतीको सहमति
२९ वैशाख २०८२, एजेन्सी– संयुक्त राज्य अमेरिका र चीनबीच जारी व्यापार युद्ध मत्थर गर्दै दुई देशले एक अर्कामाथि लगाइएको आयात...
झापामा नयाँ प्रविधिः डिजिटल मेशिनबाट खेतीमै तुरून्तै माटो परिक्षण गर्दै नमूना खेती (फाेटाे फिचर)
२७ वैशाख २०८२/डिकेश लामा अब माटो परिक्षणका लागि लामो दुरीको बाटो हिडेर प्रयोगशाला पुगेर परिक्षण गर्नु पर्ने झन्झट हटेको छ...
मल नपाउँदा किसानलाई समस्याः भारतीय मलकाे भरमा खेती
२५ वैशाख २०८२/डिकेश लामा धान र मकैमा मल चाहिने वेलामा मलको अभाव हुँदा किसानलाई समस्या परेको छ ।सरकारले आवश्यक मल...
माओबादीले थाले शिवसताक्षीबाट चुरे-तराई जनजागरण अभियान (फाेटाे फिचर)
१८ वैशाख २०८२, झापा– नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र प्रदेश नम्बर १ समितिले समाजवादी चेतना जनजागरण लागि चुरे-तराई जनजागरण अभियान...
दमकका कर्मचारी बस्नेतको दुघर्टना मृत्युः ५ जना घाइते
१८ वैशाख २०८२/उदयपुर झापाको दमक नगरपालिकाबाट भ्रमणमा गएका टोली फर्कँदै गर्दा आज उदयपुरको कटारी नजिक दुघर्टनामा परी एक जना नगरपालिकाका...