अवैध रूपमा भारत लाँदै गरेको बाख्रा,गाडी सहित २ जना नियन्त्रणमा

११ फाल्गुण २०७९/झापा

अवैध रुपमा नेपालबाट भारत तर्फ लाँदै गरेको बाख्रा, गाडी सहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुधबार राती १० बजे तिर दक्षिणी झापा गाउँपालिका वडा नं. १ लसुना स्थित नेपाल भारत सिमा क्षेत्रमा प्रहरीले बाख्रा सहितको गाडी नियन्त्रणमा लिई विहीबार मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाएको छ ।

इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले मे १ च ४७३३ नम्बरको पिकअप जाँच चेक गर्दा ३१ वटा बाख्रा अवैध तरिकाले भारत लाँदै गर्दा नियन्त्रणमा लिएको हो । १० लाख ७७ हजार मुल्य बराबरको गाडी र बाख्रा भन्सारमा बुझाइएको प्रहरीले जानकारी दिएको छ । यस्तै गाडी चालक झापा गाउँपालिका वडा नं. ३ निवासी २६ बर्षीय सेख असरत र २९ बर्षीय रकमुदिन मियाँलाई समेत नियन्त्रणमा लिइएको छ । उनीहरुलाई थप कार्वाहीको लागि भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रप्रसाद रिजालले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post ६ महिनाको व्यापार घाटा ८ खर्ब २५ अर्ब
Next post झापाकाे वेलडाँगी शिविरमा आगलागी