प्रदेश नम्बर एकमा पहिलो पटक महिलाले थालेको मह प्रशोधन उद्योगले किसान उत्साहित(फाेटाे फिचर)

१४ फाल्गुण २०७९/पर्वत तामाङ

झापाको शिवसताक्षीमा मह प्रशोधन उद्योग संचालनमा आएको छ । प्रदेश नम्बर एकमा पहिलो पटक मह प्रशोधन उद्योग स्थापना भए पछि किसानहरु समेत मौरी पालनमा उत्साहित बनेका छन् ।

प्रदेश नम्बर एक मै सवै भन्दा धेरै मौरी पालन गर्दै आएका सतासी महिला मौरी पालन सहकारी संस्थाको अगुवाइमा शिवसताक्षी नगरपालिकामा मह प्रशोधन उद्योग संचालनमा ल्याइएको छ । उद्योग संचालनमा आएसँगै सो क्षेत्रका किसानलाई सहज भएको उद्योगकी संयोजक देवीकुमारी ओली दाहालले बताउनु भयो । ओलीका अनुसार सतासी महिला मौरी पालन सहकारी संस्था, सहरा संस्था र होक्से कृषि सहकारी संस्थाको १ करोड २५ लाख रुपयाँ लगानीमा उद्योग संचालनमा ल्याइएको हो । उद्योग संचालन ल्याए पछि मौरी पालक किसानले मह विक्रीमा बजारको समस्या भोग्नु परेको छैन । संस्थाले नेपाल भर गर्दै आएको बजारमा भने भारत तिरबाट आयत हुने गुणस्तरहीन महले नेपाली महको बजारमा समस्या पारेको बताउनु भयो । शुद्ध मह जम्छ भन्ने कुरा उपभोक्ताले नबुझेका कारण मेशिन तताएका आयतित मह सेवन गुणस्तरहीन हुने उहाँले बताउनु भयो । यदपि बुझ्ने उपभोक्ताले भने पछिल्लो समय नेपाली महको खोजी र माग भने बढ्न थालेको छ ।

मौरी पकेट कार्याक्रम संचालन गरिसकेका महिलाहरुले पछिल्लो समय १० हजार मेट्रिक टन मह उत्पादन गर्न सफल भएका छन् । मह प्रशोधन उद्योग संचालनले मौरी पालक किसानलाई सहजतासँगै स्थानीय क्षेत्रमा रोजगार समेत सृजना गरेको छ । अहिले उद्योगमा ७ जनाले रोजगारी पाएका छन् ।

यस अघि घरेलु प्रविधिबाट मह प्रशोधन गरेर विक्री गर्ने महिलाहरुले पछिल्लो समय आधुनिक मेशिनबाट मह प्रशोधन गर्न थालेका छन् । राम्रो मेशिनबाट प्रशोधन गर्न थाले पछि महको गुणस्तर समेत धेरै राम्रो बनेको प्रशोधनमा काम गर्दै आउनु भएकी धनमाया पाठकले बताउनु भयो । पाठकका अनुसार पहिले पहिले पानी तताएको सतहमा राखेर मह प्रशोधन गर्ने किसानले उद्योग स्थापना भए पछि सहज र गुणस्तरीय मह उत्पादन गर्न सफल भएको बताउनु भयो ।

झापाको शिवसताक्षीमा स्थापना भएको मह प्रशोधन उद्योगमा सहरा, होक्से र सतासी गरी ३ वटा संस्थाको लगानी रहेको छ । ढेड करोड लगानीमा थालेको मह प्रशोधन उद्योग स्थापनाले महको बजार बृद्धि भएसँगै किसानहरु मौरी पालनमा आकार्षित भएको उनीहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post समाज परिवर्तनका लागि पत्रकार आफै जिम्मेवार हुनु पर्छः पूर्व संचार मन्त्री कार्की
Next post हुलाकी सडक खण्डमा पर्ने झापाकाे विरीङ पुल ११ बर्षमा निर्माण सम्पन्न हुँदै (फाेटाे फिचर)