समाज परिवर्तनका लागि पत्रकार आफै जिम्मेवार हुनु पर्छः पूर्व संचार मन्त्री कार्की
प्रेस सेन्टरको जिल्ला अध्यक्षमा पाठक चयन
१३ फाल्गुण २०७९/विरेन्द्र सुब्बा
समाज परिवर्तनका लागि पत्रकार जिम्मेवार हुनु पर्ने पूर्व संचार मन्त्री राम कार्कीले बताउनु भयो ।
प्रेस सेन्टर नेपालको झापा जिल्ला समितिको ९ औं अधिबेशनमा बोल्दै कार्कीले सामाजिक सञ्जालका कारण विश्वसनीयता गुमाउँदै गएको पछिल्लो समय पत्रकार जिम्मेवार भएर समाजका लागि संचार गर्नु पर्ने उहाँले बताउनु भयो ।
यसैबीच जिल्ला अधिवेशनले राजु पाठकको अध्यक्षतामा १५ सदस्यीय जिल्ला समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा होमप्रकाश अधिकारी, सन्तोष शर्मा, महिला उपाध्यक्ष शर्मिला पुरी, सचिवमा पुष्प खड्का, सहसचिवमा सुमित भण्डारी, विरेन्द्र सुब्बा, कोषाध्यक्षमा केशव चापागाँई चयन भएका छन् । यस्तै सदस्यहरुमा टिकाराम बाँस्तोला, पर्वत तामाङ, दर्पण शर्मा, बालदिवश तामाङ, रत्न बुढाथोकी, भोला तिम्सिना र रत्न सुवेदी चयन भएका छन् ।
कार्याक्रममा जिल्लाका पत्रकारजन्य संघ संगठनका प्रमुख तथा केन्द्रिय पदाधिकारीले पत्रकारहरु आफै अव प्रविधिमैत्री भएर सक्रीय पत्रकार हुनु पर्ने बताएका छन् ।
निर्वतमान अध्यक्ष झुलन रेग्मीको अध्यक्षतामा भएको कार्याक्रममा प्रेस सेन्टरका केन्द्रिय उपाध्यक्ष विवेक गौत्म, केन्द्रिय सचिव विमल लामिछाने, प्रदेश अध्यक्ष विनोद घिमिरे, पूर्व अध्यक्ष तारामणी सापकोटा पत्रकार महासंघ झापा जिल्ला उपाध्यक्ष केशव भट्टराई, प्रेश यूनियनकी केन्द्रिय प्रतिनिधि रेजिना गौतम्, प्रेस चौतारी झापाका अध्यक्ष मनकुमार गदाल, मेचीनगर प्रेस क्लवका अध्यक्ष डम्बर बराल, सुकेडाँगी सामुदायिक बनका अध्यक्ष शान्ति उपाध्यय घिमिरे लगायतले शुभकामना मन्तव्य राखेका छन् ।
कन्काई नगरपालिका वडा नं. २ को सुकेडाँगी सामुदायिक बनको कार्यालयमा भएको कार्याक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथिलाई मायाको चिनो प्रदान गरिएको कार्याक्रम संचालक निर्वतमान सचिव उद्धव पुरीले जानकारी दिनु भयो ।