आगलागीमा परी फेरि एकजनाकाे मृत्युः एक महिना निवत्दै ४ जनाकाे ज्यान गयाे

१९ माघ २०७७, झापा– झापाको कचनकवल गाउँपालिका वडा नं. १ घेराबारीमा आगलागीमा परी फेरि एकजनाको मृत्यु भएको छ । गए राती काठ र टीनको घरमा आगलागी हुँदा घरमुली झण्डै ६७ बर्षका गोवर्धन राजबंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।


आगलागीमा परी घरमा पालिएका एक वटा गाई, दुई वटा बाछा र ३ वटा बाख्रा समेत जलेर मृत्यु भएको छ । घेराबारी प्रहरी चौकी देखि २ किलो मिटर क्षेत्रमा राती अचानक भएको आगलागी नियन्त्रण गर्न भद्रपुर, विर्तामोडबाट दमक पुगिसक्दा आगोले घरमा ठूलो क्षति पुगिसकेको स्थानीयले बताएका छन् ।


यस अघि झापाको वेलडाँगीमा गएको पुस २६ गते राती आगलागी हुँदा बेलडाँगी शरणार्थी शिविरका ६५ बर्षीय देशमान राईको घरभित्रै जलेर ज्यान गएको थियो । जाडो मौषम लागेसँगै आगलागीमा परेर प्रदेश नम्बर एकमा ४ जनाले ज्यान गुमाई सकेका छन् । एक दिन अघि मात्र सुलुखुम्बुको नेचा सल्यान गाउँपालिका वडा नं. २ मा दुई बालबालिकाको ज्यान गएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post म्यानमारकी प्रजातन्त्रवादी नेतृ सुकी पक्राउ
Next post कक्षा १२ काे नतिजा सार्वजनिकः झण्डै साढे ११ हजारकाे नतिजा स्थगित