वैंकको ब्याजदर घटाउन आन्दोलनको तयारी

१६ फाल्गुण २०७९/विरेन्द्र सुब्बा
झापाको दमकका उद्योगी व्यवसायीहरुले राष्ट्र बैंकको गलत मौद्रिक नीति र बैंकहरुले गरेको ब्याज बृद्धिको विरोधमा आन्दोलनमा जाने घोषणा गरेका छन् । दमक उद्योग वाणिज्य संघले मंगलबार गरेको पत्रकार सम्मेलनमा एक सातामा व्यवसायीको यस अघि बुझाइएको ज्ञापनपत्रको माग सुनवाई नगरे शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा गरेका हुन् ।
संघका अध्यक्ष गोपाल गुरागाइँले बैंकहरुले ऋणको पुनसंरचना र पुर्नतालिकीकरणको माग मुख्य रहेको बताउनु भयो । उहाँले विश्वव्यापी रुपमा आएको आर्थिक मन्दीका कारण व्यवसायीहरु पलायन हुने स्थितिमा पुग्ने अवस्था राज्यको नीति नै दोषी भएको पनि आरोप समेत लगाउनु भयो ।

लेखा समितिका संयाेजक नेत्र चम्लागाइंकाे अध्यक्षतामा भएकाे पत्रकार सम्मेलनमा संघका निवर्तमान अध्यक्ष गोकूल श्रेष्ठले साना तथा मझौला व्यवसायीहरु पछिल्लो समय प्रताडित हुनु परिरहेको बताउँदै नेपाल उद्योग वाणिज्य महासंघले समेत राज्यको गलत नीति तथा रवैयाका विरुद्ध सशक्त आन्दोलन छेड्न नसकेको बताउनु भयाे । उहाँले व्यवसायीहरुको संरक्षणमा राज्यपक्ष गम्भिर हुुनुपर्ने अवस्था रहेको बताउनु भयाे । महासंघको कमजोर भूमिकाका कारण निजी क्षेत्रले राज्यपक्षबाट न्याय पाउन नसकेको भन्दै महासंघको आगामी नेतृत्वका लागि दमकले समेत दाबी पेश गरेको श्रेष्ठकाे भनाइ छ ।
बर्तमान आर्थिक तरलताको अवस्थामा घरबेटी र स्थानीय तहले समेत व्यवसायीहरुको संरक्षणका लागि कर तथा भाडामा समेत छुटको व्यवस्था गर्न उद्योगी तथा व्यवसायीले पत्रकार सम्मेलन मार्फत माग गरेका छन् ।
यसै गरी संघले ऋणको पुनसंरचना, पुर्नतालिकीकरणसंगै आंशिक धितो फुकुवा, बैंकको कोषमा लचकता र ऋण लिँदाको बखतको ब्याजदर कायम गर्न माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post सन्दिप विदेश खेल्न जान पाउने, पल छुटे एक बर्षमा आज
Next post अक्षयकोषमा झापाका पूर्व अध्यक्ष केशव आचार्यकाे एक लाख दान