हात्ती आतंकले खयरबारीका किसान समस्यामाः लाखौं मुल्यका मकै नष्ट (फाेटाे फिचर)

१९ फाल्गुण २०७७/पर्वत तामाङ

नेपालको सवै भन्दा धेरै मकै खेती हुने झापा गाउँपालिका क्षेत्रमा जंगली हात्तीले किसानले लगाएको ठूलो क्षेत्रको मकै बाली नष्ट गरेको छ । ठूलो संख्यामा आएको हात्तीले बाली नष्ट गरे पछि किसानहरु उठीबास लाग्ने भन्दै चिन्तित बनेका छन् । दैनिक १० देखि १५ वटा हात्तीको बथान आएर धानचमर आएको मकै धमाधम खाने र माढ्ने गरेकाले एकै जना किसानको १ देखि १० विगाहसम्मको मकैमा क्षति गर्न थालेको छ ।

खासगरी झापा गाउँपालिका वडा नं. ५ क्षेत्रमा अधिक किसानहरुले मकै खेती गर्ने गरेका छन् । तर पछिल्लो दैनिक हन्जाको हन्जा आउने हात्तीले लाखौं रुपयाँको मकै बाली क्षति गरे पछि किसानहरु चिन्तित बनेका छन् । झापाको ठूलो जंगल चारकोसे झाडी क्षेत्रबाट निस्किएका हात्ती बथान केही दिन देखि १० देखि १५ वटासम्मको हन्न्जामा आउने गरेका छन् । हात्ती बार कम्जोर बन्दै जान थाले पछि खास गरी मकै र धानको पाक्ने समयमा भारतबाट नै हात्ती आउने गर्ने गरेको डिभिजन बन कार्यालय झापाकी रेन्जर अन्जना पुरीले बताउनु भयो ।

देशकै धेरै झण्डै ४५ हजार हेक्टर क्षेत्रमा झापामा मकै खेती हुने गर्छ । त्यस मध्ये जिल्लाको सवै भन्दा धेरै झापा गाउँपालिकामा खेती हुने गर्दछ । एक विगाह क्षेत्रमा अढाइ देखि ५ लाख रुपयाँसम्मको मकै उत्पादन हुने गर्दछ । तर यस बर्ष मात्र ३० विगाह भन्दा धेरै क्षेत्रको मकैमा हात्तीले क्षति गरिसकेको झापा गाउँपालिका वडा नं. ५ खयरबारीका पीडित किसान इव्राहिम मियाँले बताउनु भयो । मियाँको अनुसार अघिल्लो बर्ष ६० लाख मुल्य भन्दा धेरै क्षति भयो । वडाबाट सर्जिवन गरेर विभिन्न निकायमा क्षतिपूर्ती माग गरियो तर कतैबाट पनि सुनवाई भएन । सरकारबाट न त हात्ती नियन्त्रण नै हुन्छ न त क्षतिपूर्ती नै पाइन्छ, उहाँले गुनासो पोख्नु भयो ।

पूर्वी नेपालको मेचीनगर, भद्रपुर लगातयका क्षेत्रमा बर्षेनी ठूलो बथानमा भारतबाट हात्ती आउने गर्दछ । तर यस बर्ष मकै नपाकीनै बारीमा हात्तीले अड्डा जमाए पछि हात्ती धपाउन नसक्दा किसानहरु समस्यामा परेको उनीहरुले दुखेसो पोखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post दमककाे दुर्घटनामा पाँचथरका यूवाकाे मृत्यु
Next post ९ रूपयाँले मुल्य बृद्दिः दुधकाे मुल्य अव साढे ६५ रूपयाँ निर्धारण