९ रूपयाँले मुल्य बृद्दिः दुधकाे मुल्य अव साढे ६५ रूपयाँ निर्धारण

१९ फाल्गुण २०७९, काठमाडौँ – सरकारले दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँले बढाएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य प्रतिलिटर ९  रुपैयाँ  १० पैसा बृद्धि गरेकाे हाे ।  किसानले पाउने दूधको न्यूनतम मूल्य अब प्रतिलिटर ५६ रुपैयाँ ४० पैसा बाट बढेर ६५ रुपैयाँ ५० पैसा बनाउने निर्णय भएको छ । किसानले दूधको उचित मूल्य पाउन नसकेको गुनासो गरिरहेको बेला किसानको हितलाई ध्यानमा राखी दूधको न्यूनतम मूल्य निर्धारण गरिएको मन्त्रिपरिषद्काे निर्णय रहेकाे छ ।  अब उपभोक्तालाई दूधको मूल्य कम्तीमा प्रतिलिटर १० रुपैयाँ बढ्नेछ । सरकारी स्वामित्वको डीडीसीले हाल फ्याट निकालिएको निलो प्याकेटको दूध प्रतिलिटर ८६ रुपैयाँमा बिक्री गर्दै आएको छ । अब सो दूधको मूल्य ९६ रुपैयाँभन्दा बढी पर्नेछ । दूधको मूल्य बढेपछि दुग्धजन्य अन्य वस्तु दही, पनिर, घ्यु लगायतको पनि मूल्य बढ्ने देखिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post हात्ती आतंकले खयरबारीका किसान समस्यामाः लाखौं मुल्यका मकै नष्ट (फाेटाे फिचर)
Next post क्यान्सर पीडित महिलालाई १ लाख १३ हजार सहयाेग