प्रदेश स्तरीय दोस्रो दमक कप खुल्ला महिला भलिवल प्रतियोगिता २०७९ शुरु (फाेटाे फिचर)

२४ फाल्गुण २०७९/सारासन्देश समाचार

झापाको दमकमा आज देखि दोस्रो दमक कप खुल्ला महिला भलिवल प्रतियोगिता २०७९ शुरु भएको छ । ११३ औं अन्तराष्ट्रिय महिला दिवशको अवसरमा महिला सशक्तीकरणका लागि आयोजना गरिएको खेल प्रतियोगिताको पहिलो खेलमा दमक र इटहरी टीम विजयी बनेका छन् ।

दमक वडा नं. २ हिमावीको बाहिरी प्राङगणमा भएको खेलमा दमकले सुनसरीको रामधुनीलाई हराएर सेमी फाइनलमा प्रवेश गरेको छ । यस्तै झापाको धुलाबारीलाई हराएर इटहरी सेमी फाइलनमा प्रवेश गरेको छ ।

प्रदेश स्तरका ८ टीमबीच भईरहेको प्रतियोगिता प्रथम हुनेले ५० हजार र दितीयले ३० हजार नगद सहित ट्रफी र मेडल पाउने आयोजक दमक नगर भलिवल विकास समितिका सचिव राजु श्रेष्ठले जानकारी दिनु भयो । यस अघि प्रथम दमक कपमा दमक नगर पालिकाले सहयोग गरेकाले राष्ट्रिय स्तरको खेल खेलाइएको थियो । यस पटक पनि सोही बमोजिम तयारी भइसके पछि नगरले खेललाई उपेक्षा गरी बजेट नदिएको कारण सहयोग उठाएर प्रदेश स्तरीय खेल मात्र खेलाइएको श्रेष्ठले बताउनु भयो । यता उद्घघाटन कार्यक्रममा दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराइ प्रसाइंले खेल समिति गठन नभइसकेकाे र कार्यपालिकाबाट खेल सम्बन्धीकाे बजेट सुनिष्चित नहुँदा खेलमा सहयाेग गर्न समस्या भएकाे बताउनु भयाे ।

भोलि ब्राइट फ्यूचर मोरङ्ग र विर्तामोड तथा टेम्के मयुङ्ग भोजपुर र कमल झापाबीच खेल हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post सरकारले सडकमा पर्ने बनका रुख नहटाएका कारण मदन भण्डारी राजमार्ग निर्माणमा समस्या (फाेटाे फिचर)
Next post शान्ति सम्झौता पक्षधर एकजुट हुन माओवादी पार्टीको अपील