सरकारले सडकमा पर्ने बनका रुख नहटाएका कारण मदन भण्डारी राजमार्ग निर्माणमा समस्या (फाेटाे फिचर)

२३ फाल्गुण २०७९/डिकेश लामा

नेपालको चुरे क्षेत्र हुँदै पूर्व पश्चिम जोडिने मदन भण्डारी राजमार्ग निर्माणको काममा ढिलाई भएको छ । अन्य धेरै योजना निर्माण कम्पनिका कारण ढिलो हुने भए पनि यो सडकको काम भने सरकारले समयमै रुख हटाउन नसकेको कारण निर्माणमा समस्या भएको हो । राष्ट्रिय गौरवको योजना मदन भण्डारी मार्गको प्रदेश नम्बर एकमा ४ वटा प्याकेजको काम धमाधम भइरहेको छ । तर समयमा सडकमा पर्ने सामुदायिक बनका झण्डै ६ हजार रुखहरु नहटाइएका कारण निर्माण कार्यमा समस्या भएको मदन भण्डारी राजमार्ग आयोजनाका प्रमुख सुवोधकुमार देवकोटाले बताउनु भयो । देवकोटाका अनुसार वातावरण मुल्याङकनको कार्य समापन गरी सरोकारवाला निकाय बन मन्त्रालय र सो माताहतका वन विभागमा समेत रुख हटाउन माग पत्र गरेको बताउनु भयो । तर समयमा रुख हटाउने काम नभएका कारण सडक निर्माणमा ढिलाई हुन सक्ने देखिएको बताउनु भयो । देवकोटाका अनुसार आगामी चैत्र देखि वैशाखसम्म रुखहरु हटाउन सकिने छ ।


चुरे क्षेत्र भएर निर्माण हुँदै आएको मार्गमा विभिन्न सामुदायिक बन भित्रबाट सडक निर्माण गर्ने गरी विस्तृत परियोजना प्रविदेन बन मन्त्रालय अन्तर्गतका विभागमा पेश भइसकेको छ । तर रुख नहटाइएका कारण कालो पत्रे गर्ने अवस्थामा पुगेका सडकको काममा ढिलाई भएको सडक क्षेत्रका बासिन्दाले बताएका छन् । स्थानीय बासिन्दाका अनुसार रुख नहटाएका कारण कालो पत्रे गर्न तयार भएको सडकको काम रोएिको छ ।

तराई र पहाडको फेदीबाट धमाधम बन्न थालेको मदन भण्डारी राजमार्गले विकट क्षेत्रको विकास हुन थालेको छ । २ बर्ष अघि देखि धमाधम निर्माण भइरहेको सडक समयमा बने चुरे क्षेत्रको विकाससँगै कृषि उपार्जनको बजारीकरणमा समेत सहयोग पुग्ने लेटाङ नगरपालिकाकी उपप्रमुख कृष्णकुमारी निरौलाले बताउनु भयो । निरौलाका अनुसार निर्माण कम्पनी मोतिदानले काम तिव्र र गुणस्तरीय ढंगबाट गर्दै आएको भए पनि संघीय सरकारको सरोकारवाला निकायबाट बनको रुख नहटाउदा काममा ढिलाई हुने देखिएको छ । यता निर्माण कम्पनि मोतिदानका इन्जिनियर प्रल्हाद ढुंगानाका अनुसार अझै पनि रुख हटाइदिए समय अवधि भन्दा अगावै सडक निर्माण सक्ने अवस्था छ । तर रुख हटाउन आफूहरुले बारम्बार सूचना र आग्रह पत्र पेश गर्दा समेत रुख नहटाइएका कारण वेशका काम सकिएको क्षेत्रमा समेत कालो पत्रे गर्ने काम रोएिको छ । ढुंगानाका अनुसार, पूर्वी नेपालमा आफूहरुले थालेको हुलाकी लगायतका अन्य सडकको काम तोकिएको समय भन्दा चाँडो र गुणस्तरीय निर्माण सम्पन्न समेत भएका छन् । तर मदन भण्डारी राजमार्गको काम भने सरकारले रुख नहटाएका कारण नै ढिलो हुने देखिएको छ ।

प्रदेश नम्बर एकमा अहिलेसम्म ९५ किलो मिटर क्षेत्रमा ४ वटा प्याकेजमा ठेक्का लागेर धमाधम काम भइरहेको छ । १० अर्वको दायित्व रहेको राजमार्गमा हालसम्म झण्डै साढे ४ अर्व रुपयाँ बजेट खर्च भइसकेको छ । तर रुख नहटाइका कारण सडक निर्माणमा ढिलाइ हुन सक्ने निर्माण कम्पनिले बताउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post क्यान्सर पीडित महिलालाई १ लाख १३ हजार सहयाेग
Next post प्रदेश स्तरीय दोस्रो दमक कप खुल्ला महिला भलिवल प्रतियोगिता २०७९ शुरु (फाेटाे फिचर)