नेपालमा कोरोना संक्रमित अहिलेसम्मकै उच्च

देशभर ५ हजार ८ जना संक्रमित, १४ जनाकाे मृत्यु

 
facebook sharing button काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना भाइरस संक्रमण पाेजिटिभ देखा परेका छन्  । बितेको २४ घण्टामा ५ हजार ८ जना संक्रमित भएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १९ हजार ३ सय २० जनाको पीसीआर परीक्षण गर्दा काठमाण्डाैं उपत्यकामा २ हजार ६ सय ७२ गरी देश भर ५ हजार ८ जनामा  कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा शनिबार प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १२२९ जना डिस्चार्ज भएका छन् । संक्रमितमध्ये ७०.२ प्रतिशत निको भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ७४२५२ रहेको छ ।

यसैबीच देशभर पछिल्लो २४ घण्टामा १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु भएकामध्ये १२ जना पुरुष र २ जना महिला छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६१४ पुगेको छ । नेपालमा संक्रमित हुनेहरुमध्ये ०.५८ प्रतिशतको ज्यान गएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post ऐतिहासिक लाओती लिम्बु वंशावली विमोचन
Next post २४ घण्टामा देशभर ४ हजार ४७ जना संक्रमित