ऐतिहासिक लाओती लिम्बु वंशावली विमोचन

लिब्वु जातीकाे इतिहासकाे दस्ता भएकाे दावी


२४ अशोज २०७७
झण्डै १ सय ८० बर्ष पुरानो जातीय इतिहास समेटेको पापोहाङ्ग लाओती लिम्बु जातीको बंशावली पुस्तक आज दमकमा सार्वजनिक गरिएको छ । किराती समूदायका लिम्बु जाती मध्येका लावती थरका जातीले ५४ पुस्तालाई समेटेर ४ सय ८४ पेजको पुस्तक सार्वजनिक गरेको हो । पुस्तक लाओती सयङका अगुवा खड्ग, ज्ञानु र जितबहादुर लावतीको हातबाट लोकार्पण गरिएको छ ।
छैटौ सताब्दी देखि लिम्बु जातीले गरे भोगेका र बसोवासको थातथलोलाई समेटेर पछिल्लो पुस्ताले बीस बर्ष लगाएर पुस्तक तयार गरिएको नेपाल टेलिभिजनका पत्रकार समेत रहनु भएका बंशावली लेखन समूहका सदस्य सचीव विजयबोध लावतीले बताउनु भयो ।
देशभर छरिएर रहेका २५ सय बढी घर धुरीलाई समेटेर भव्य कार्याक्रमबीच गर्ने भनिएको कार्याक्रम कोराना भाइरस संक्रमणका कारण निश्चित पदाधिकारी र अगुवाहरुबीच सार्वजनिक गरिएको आयोजक पापोहाङ्ग लावती सयङले जनाएको छ । कार्याक्रममा यस अघि विक्रम सम्बत् १८८९ देखि हस्त लिखितबाट बंश संकलन नामो राय हुँदै नवापसिंह, शेरबहादुर, कृष्ण बहादुर लावतीको तस्वीरमा माल्यार्पण समेत गरिएको छ । यी चार जनाले विभिन्न कालखण्डमा संकलन गर्दै आएको हस्तलिखित बंशावलीलाई पाँचौ चरणमा प्रकाशन गरिएको पापोहाङ लाओती सयङ केन्द्रिय समितिका महासचीव कान्छा लावतीले बताउनु भयो । आयोजक समितिका केन्द्रिय अध्यक्ष जगतजंग लाओतीको अध्यक्षतमा भएको कार्याक्रममा लाओती थरका लिम्बु जातीका अगुवाले बंशावलीमा केही भएको छुटलाई अझै समेटेर भावी दिनमा लान सुझाव समेत दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post राधा कृष्णको बार्षिक साधारणसभा सम्पन्न
Next post नेपालमा कोरोना संक्रमित अहिलेसम्मकै उच्च