पशुपालक किसानलाई साइलेजले सहजः महारानीझोडाले थाल्याे बृहत उत्पादन
१२ चैत्र २०७९/डिकेश लामा
पछिल्लो समय पशुचौपायको आहाराको मुल्य बृद्धिले समस्यामा परेका किसानलाई साइलेजले सहज भएको छ । झापा जिल्लामा स्थानीय स्तरमै बृहतरुपमा साइलेज बनाउन थाले पछि किसानलाई पशु पालनमा टेवा पुगेको हो । हरियो मकैको बोटबाट बनाइने साइजेल उत्पादनले किसानले चैते धान भन्दा मकै खेतीलाई जोड दिन थालेका छन् । सरकारको ७० लाख रुपयाँ अनुदान सहयोग पाए पछि झण्डै २ करोड रुपयाँ लगानीमा महारानीझोडा साना किसान कृषि सहकारी संस्थाले प्रदेश नम्बर एकमै बृहतरुपमा लाइलेज उत्पादन थालेका छन् ।
किसानहरु मिलेर आफै साइलेज उत्पादन गर्न थाले पछि पशुपालनमा समेत सहज भएको छ । अघिल्लो बर्ष देखि उत्पादन थालेको साइलेजको मागसँगै प्रयोग समेत बढ्न थालेको संस्थाका व्यवस्थापक चिरञ्जीवि भण्डारीले बताउनु भयो । भण्डारीका अनुसार साइलेज उत्पादन गरी किसानको पशुपालनमा सहजता ल्याउन खोजिएको हो । संस्थाले नाफा भन्दा पनि कसो गर्दा किसानहरुको स्तारोन्नती हुन्छ भन्ने तिर संस्थाको जोड रहेको बताउनु भयो ।
जिल्लामा पछिल्लो समय बाख्रा तथा गाइ व्लक कार्याक्रममा सरकारले समेत सहयोग गर्दै आएको छ । यसले गर्दा व्यवसायिकरुपमा पशुपालन गर्नेको संख्या समेत बढ्दै गएको भेटरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र झापाकी प्रमुख शितल भट्टराईले बताउनु भयो । भट्टराईका अनुसार केही बर्ष देखि सरकारले पशुपालनमा लागेका किसानलाई अनुदान समेत उपलव्ध गराउँदै आएकोले पशुपालनमा किसानको आकार्षण बढ्दै गएको छ । तर पछिल्लो समय एक्कासी पशु आहारको मुल्य उकालो लागे पछि किसानले वैकल्पिक उपाय खोज्न थालेको बताउनु भयो ।
पशु आहारामा प्रयोग हुने भारतबाट आएको दानाको मुल्य बृद्धिले पछिल्लो समय किसानलाई समस्या भएको छ । तर स्वदेशमै साइलेज तथा दाना उत्पादनलाई जोड दिने हो भने पशुपालनमा सहज हुने उनीहरुको भनाइ छ ।