काेशी प्रदेशकाे विराेधमा एक घण्टा चक्का जाम
११ चैत २०७९, सारासन्देश समाचार– कोशी प्रदेश नामंकनको विरोध गर्दै पहिचान पक्षधरहरुले दमकसहित प्रदेश १ का विभिन्न ठाउँमा आज दिउँसो एक घण्टा चक्का जाम गरेका छन् ।
कोशी नाम खारेजी र गत ५ चैतमा विराटनगरमा भएको आन्दोलनका क्रममा घाइते भई शुक्रबार उपचारको क्रममा मृत्यु भएका पदम लिम्बू ‘लाजेहाङ’लाई सहिद घोषणा गर्न माग गर्दै चक्का जाम गरिएको हो ।
शनिबार दिउँसो १ बजेदेखि १ घण्टा सडकमा बसेर आन्दोलनकारीहरूले नाराबाजी गरेका हुन् । प्रदेश सरकारले प्रदेशको नाम कोशी राखेपछि पहिचान पक्षधरहरू निरन्तर आन्दोलन गरिरहेका छन् । प्रदेशका कतिपय स्थानीय तहमा आन्दोलनकारीले तालाबन्दीसमेत गरेका छन् । उनीहरूले कोशी नाम खारेज गरेर पहिचानको आधारमा राख्नुपर्ने माग राख्दै आएका छन् । यस अघि भएकाे विराेध प्रर्दशनमा दर्जन बढी अान्दाेलनकारी नियन्त्रणमा लिने र कुटपिट गर्ने जस्ता कार्य प्रहरीले गरे पछि प्रर्दनकारी थप अान्दाेलित बन्दै गएका छन् ।
समाचारमा प्रयाेग गरिएकाे तस्वीर यस अघि दमकमा भएकाे प्रर्दशनकाे हाे ।