पत्रकार महासंघ झापाको वेबसाइट सार्वजनिकः मर्यादित र व्यवसायिक पत्रकारिताकाे विकासमा जोड

१६ चैत्र २०७९, झापा–नेपाल पत्रकार महासंघको ६८औं स्थापना दिवसको सन्दर्भमा झापा शाखाले आफ्नो वेबसाइट सार्वजनिक गरेकाे छ । स्थापना दिवशकाे अवसरमा मर्यादित र व्यवसायिक पत्रकारिताबारे अन्तरक्रिया समेत सम्पन्न भएको छ ।
बिहीबार बिर्तामोडस्थित नेपाल पत्रकार महासंघ झापा शाखाको कार्यालयमा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि महासंघका पूर्व केन्द्रीय महासचिव चन्द्र भण्डारीले गरेका थिए । प्रमुख अतिथि भण्डारीले डिजिटल प्रविधिबाट महासंघ झापाको वेबसाइट एफएनजेझापा डट ओआरजी डट एनपी सार्वजनिक गर्नु भयाे ।
महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा वेबसाइट डिजाइन गर्ने कफि कोडेर्स प्रा.लि.का सञ्चालक सुमन सापकोटाले त्यसका फिचरका बारेमा जानकारी गराउनु भयाे ।
महासंघ झापा शाखाले इ–पुस्तकसहित सदस्यहरुको विवरण, महासंघका गतिविधि र आवश्यक दस्तावेज वेबसाइट मार्फत सार्वजनिक गरेको छ । कार्यक्रमका वक्ताहरुले मर्यादित पत्रकारितामा जोड दिएका छन् । प्रमुख अतिथि भण्डारीले स्वस्थ, मर्यादित, इमान र निष्ठाको पत्रकारिता हुनुपर्नेमा जाेड दिनु भयाे । झापाली पत्रकार हुनुमा आफूलाई गर्व महशुस भएको भन्दै भण्डारीले हरेक पत्रकारले इमानलाई प्राथमिकतामा राखेर कही कमजोरी गरेको भए तत्काल सच्चिनु पर्ने बताउनु भयाे ।
महासंघ कोशी प्रदेशका कोषाध्यक्ष बुद्धि लामिछाने विमलले मर्यादित पत्रकारिताका लागि पत्रकारले आफ्नो व्यक्तिगत आचरण सुधार्नु पर्ने बताउनु भयाे ।  यस्तै महासंघ झापाका पूर्व अध्यक्ष गोविन्द चन्द छेत्रीले पत्रकारिता मर्यादित र व्यवसायिक बनाउन सबै सरोकारवाला जिम्मेवार ढंगले लाग्नु पर्नेमा जाेड दिनु भयाे ।
कार्यक्रममा फनिजका नेता दिपीन राई, प्रेस युनियनकी केन्द्रीय सचिव रेजिना रोदन, प्रदेश उपाध्यक्ष ज्ञानेन्द्र निरौला, युनियन झापाका कार्यवाहक अध्यक्ष गिरीराज भट्टराई, प्रेस सेन्टरका प्रदेश महासचिव सुजन तिम्सिना, प्रेस चौतारी झापाका उपाध्यक्ष प्रदिप परियार, समाजवादी प्रेस संगठनका जिल्ला संयोजक अनिलदेव राईले पत्रकारिताकाे उचित व्यवस्थापन र जिम्मेवारी निर्वाहमा लाग्नु पर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post गैर भूटानीलाई भुटानी शरणार्थी बनाएर अमेरिका उडाउने गरेकाे आराेपमा राई पक्राउ
Next post समयमा सडक नबन्दा सास्तीः ३० बर्षमा पनि बनेन दमक रवि चिसापानी सडक(फाेटाे फिचर)