
बढ्दै कोरोना सङ्क्रमण : आज थप १२१ संक्रमित
२९ चैत्र २०७९,काठमाडौँ- कोरोना भाइरसको सङ्क्रमणबाट आज एक जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज एक जना सङ्क्रमितको निधन भएको हो । मङ्गलबार चैत २८ गते पनि एक जनाको निधन भएको थियो । यस्तै आज २ हजार ३ सय ७७ जनाको कोरोना परीक्षण गर्दा १ सय २१ जनामा सङ्क्रमण देखिएको छ । कोरोना उपचारबाट ८१ जनाले स्वास्थ्य लाभ गरी घर फर्कनुभएको छ । यसैगरी काठमाडौँ उपत्यकामा २५ जना आइसोलेसन, ११ जना सघन उपचार कक्ष (आइसियु) र तीन जना भेन्टिलेटरमा उपचारत रहेका छन् ।
हालसम्म चार सय ४५ जना सक्रिय सङ्क्रमित रहेका छन् । नेपालमा पछिल्लो पटक कोरोना भाइरसको सङ्क्रमण बढिरहेको छ । मन्त्रालयले सुरक्षित रहन अाग्रह गर्दै अाएकाे छ ।
More Stories
रैथाने जातका माछा लोप हुँदै जाँदा माछा मारेर जिविकोपार्जन गर्ने समूदायमा समस्या (फाेटाे फिचर)
२५ मंसिर २०८०/डिकेश लामा खोला खोल्छीका माछा मारेर जिविकोपार्जन गर्ने आदिवासी समूदायहरु पछिल्लो समय समस्या पर्न थालेका छन् । अवैध...
लैंगिक हिंसा अन्त्य गर्न घरैबाट थालौं (फाेटाे फिचर)
२४ मंसिर २०८०/सारासन्देश समाचार(दमक) लैंगिक हिंसा कम गर्न अव हरेकले घरैबाट अभियान थाल्नु पर्नेमा जोड दिइएको छ । हिंसा सम्बन्धी...
शरणार्थीको स्वदेश फिर्तीको अधिकार पुरा गर्न माग
२४ मंसिर २०८०/सारासन्देश समाचार ७५ आंंैं अन्तराष्ट्रिय मानव अधिकार दिवशको अवसरमा भूटानी शरणार्थीले स्वदेश फिर्तीको अधिकार पुरा गर्न माग गरेका...
चिरानी साँखुकाे काठ र ट्रयाक्टर सहित २ जना पक्राउ
२३ मंसिर २०८०, झापा– ट्याक्टरको डालामा माटोले पुरेर अवैधरुपमा सखुवाको काठ ल्याउँदै गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।...
दमककाे दुम्सेली साँस्कृति विकास मञ्चमा नयाँ समिति गठन (फाेटाे फिचर)
२३ मंसिर २०८०/सारासन्देश समाचार(दमक) झापाको दमक वडा नं. ३ मा २०३७ सालमा स्थापित दुम्सेली साँस्कृति विकास मंचको अध्यक्षमा शान्तिराम भट्टराई...
औषधी र जनशक्तिको अभावले पार्देशिक आयुर्वेदिक अस्पताल संचालनमा समस्या
२२ मंसिर २०८०/सारासन्देश समाचार (झापा) झापाको कमलमा रहेको कोशी प्रादेशिक अस्पतालमा औषधी र जनशक्तिको अभावले समस्या भएको छ । ५०...