२९ चैत्र २०७९/पर्वत तामाङ

चोरी तस्करी नियन्त्रणमा चुनौती थपिए पछि झापामा बन सुरक्षामा नयाँ तरिका सीसी क्यामेराबाट सुरक्षा गर्ने प्रयास थालिएको छ । जिल्लामा रहेको ५९ सामुदायिक बन मध्ये केही सामुदायिक बनले अत्याधिक चोरी हुने क्षेत्र लक्षित गरी क्यामेराको प्रयोग गर्न थालेका हुन् । कतिपय बनमा चोरी तस्करी नियन्त्रणमा अति चुनौती थपिए पछि सीसी क्यामेरालाई वैकल्पिक सुरक्षा नीतिको रुपमा लिएको बनका पदाधिकारीले बताएका छन् ।

जिल्लाका केही ठूला सामुदायिक बनले बन सरक्षामा सी सी क्यामेराको प्रयोगलाई जोड दिन थालेका छन् । उपभोक्ता, चौकीदार देखि बन रक्षक परिचालन गर्दा समेत चोरी तस्करी नियन्त्रण हुन नसके पछि सी सी क्यामेराको प्रयोग थालिएको दमकको सवै भन्दा ठूलो हंसे दुम्से सामुदायिक बनका अध्यक्ष चन्द्रप्रसाद गुरागाँईले बताउनु भयो । गुरागाँइका अनुसार बनको घाटगद्दीमा राखिएको बनपैदावर समेत चोरी हुन थाले पछि सो क्षेत्रमा सुरक्षाका लागि क्यामेरा जडान गरिएको हो ।

यस्तै यता झापाको कन्काई नगरपालिका वडा नं. २ मा रहेको झण्डै ७ हेक्टरमा रहेको सुकेडाँगी बनमा समेत चोरी तस्करी नियन्त्रणमा चुनौती थपिँदै गएको छ । तस्करी नियन्त्रणका लागि अव सीसी क्यामेराको प्रयोगले केही सहज होला भन्ने लागेको बनकी सचिव गोमादेवी बोहोरा निरौलाले बताउनु भयो । सचिव निरौलाका अनुसार बनका उपभोक्ता, कन्काई इलाका बन डिभिजन कार्यालयका कर्मचारी सहित गस्ती टोली गर्दा समेत तस्करी नियन्त्रण पूर्णरुपमा हुन नसके पछि सीसी क्यामेराको जडान थालिएको बताउनु भयो ।

बनको आन्तरिक बजेटबाट खर्च गरेर राखेका नयाँ प्रविधि सुरक्षा नीतिले केही सुधार होला भन्ने बन कर्मचारीले अपेक्षा गरेका छन् । बन क्षेत्रमा ६ वटासम्म क्यामेरा राख्दा २ देखि ३ लाखसम्म खर्च हुने गरेको बनका कर्मचारी भोजकुमार भण्डारीले बताउनु भयो । भण्डारीका अनुसार सीसी क्यामेराको प्रभावकारिता राम्रो भए अन्य क्षेत्रमा समेत विस्तार गर्ने योजना रहेको बताउनु भयो ।

झापा जिल्लामा पछिल्लो समय चुरे क्षेत्रका बनबाट धेरै जसो तस्करी कार्य हुने गरेको छ । विभिन्न तरिकाले चोरी गर्ने तस्करको पहिचानका लागि पछिल्लो समय सीसी क्यामेरा जडानले सुरक्षामा सहयोग पुग्ने आशा पलाएको बन उपभोक्ताहरुको भनाइ छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *