सन्द्धर्भ विश्व प्रेस स्वतन्त्रताः प्रेस स्वतन्त्रता सम्बन्धी अन्तकृया

२० बैखाश २०८०/बाल दिवश तामाङ
३० औं विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आज झापामा अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हक सम्बन्धी अन्तकृया गरिएको छ । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा भएको कार्याक्रममा अभिव्यक्ति स्वतन्त्रताको रक्षा सूचनाको हकको पहिलो आधार भएको बताएका छन् ।
सूचनाको हक सम्बन्धी गौरादह नगरपालिकाको सहयोगमा भएको कार्याक्रममा जिल्लाका अग्रज पत्रकारहरुले सूचनाको हकको रक्षाका निम्ति सवैले उचित भूमिका सहयोग गर्नु पर्नेमा जोड दिएका छन् । अन्तकृया कार्याक्रममा पत्रकारिता प्रतिको विश्वस्नीयता कम्जोर बन्दै गएकाले समाचारको सिद्धान्त र मुल्यमा रहेर पत्रकारले समेत काम गर्नु पर्ने बताएका छन् । पत्रकारले अभिव्यक्ति स्वतन्त्रता तथा सूचनाको हक प्रयोग गर्दै गर्दा तथ्यमा आधारित हुनुपर्ने तथ्यपरक समाचारले सञ्चार जगतमाथिको विश्वसनियता बढाउने गौरादह नगरपालिकाका नगर प्रमुख छत्रपती सुवेदीले उल्लेख गरे ।
पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीले अहिले सम्म संचारक्षेत्रलाई समेटेर कुनै पनि ऐन बन्न नसकेको करण संचार क्षेत्र धारासायी बन्दै गईरहेको बताउनु भएकाे छ ।  सञ्चारक्षेत्रमा संघियाताको अनुभुती हुन नसकिरहेको भन्दै उहाँले स्थानीय तहले आफ्ना सूचना सामग्री स्थानीय सञ्चारमाध्यमलाई उपलब्ध गराएर सञ्चार सस्थालाई अगाडी बढाउन सहयोग गर्न माग गर्नु भयाे ।
कार्यक्रममा अभिव्यक्ति स्वतन्त्रताका विषयमा मानव अधिकारकर्मी डाक्टर रुपक खनाल, विश्व प्रेस स्वतन्त्रता दिवसको सन्दर्भमा महासंघको केन्द्रिय सदस्य अम्मर खड्का र मल्टिमिडियाको बारेमा गणेशमान मुखीयाले कार्यपत्र प्रस्तुत गर्नु भएकाे छ ।

कार्यक्रममा महासंघका प्रदेश कोषाध्यक्ष विमल लामिछाने, दमक नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डम्वरुबल्लव निरौला, प्रेस चौतारीका प्रदेश महासचिव गोपाल झापाली, अग्रज पत्रकार गोविन्दचन्द क्षेत्री, नेपाल प्रेस युनियनकी केन्द्रिय सचिव रेजीना गौतम, प्रेस मञ्चका केन्द्रिय अध्यक्ष कमन देवान लगायतले अभिव्यक्ति स्वतन्त्रता तथा सूचनाको हकका विषयमा आआफनो धारणा राखेका छन् ।
सोही कार्यक्रममा नेपाल पत्रकार महासंघ झापा शाखाले सनञ्चालन गरेका गतिविधीलाई समेटेर प्रकाशन गरेको २०८० सालको बार्षिक क्यालेण्डर विमोचन समेत गरिएको छ । कार्यक्रम नेपाल पत्रकार महासंघ झापाका सहसचिव अर्जुन राजवंशीले सञ्चालन गरेका थिए भने उपाध्यक्ष केशव भट्टराईले स्वगत मन्तव्य राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालकाे क्रिकेट खेलमा एतिहासिक जीतः एसिया कपमा छनोट
Next post धमाधम पक्राउ पर्दै भूटानी शरणार्थीकाे नाममा व्यापार गर्नेहरूः उच्च पदाधिकारी नै दाेषी