नेपालकाे क्रिकेट खेलमा एतिहासिक जीतः एसिया कपमा छनोट

१९ वैशाख २०८०,काठमाडौँ– नेपालले एसीसी प्रिमियर कप क्रिकेटको उपाधि हात पार्दै सेप्टेम्बरमा पाकिस्तानले आयोजना गर्ने एसिया कपमा छनोट भएको छ । क्रिकेट खेलकाे २ दशककाे इतिहासमा फाइनलमा नेपालले यूएईलाई ७ विकेटले हराउँदै एशिया कपमा छनाैट भएकाे हाे । यो जितसँगै टिम नेपाल र दर्शक तथा समर्थकहरूको अनुहारमा आह्लाद छाएको छ ।

नेपाल मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यूएईले ३३.१ ओभरमा सबै विकेट गुमाएर नेपाललाई १ सय १८ रनको लक्ष्य दिएको थियो । ब्याटिङमा आएको नेपालले ३०.३ ओभरमा ३ विकेट गुमाउँदै उक्त लक्ष्य भेट्टायो । गुलशन झा र भीम सार्कीले अविजित ९६ रनको साझेदारी गरेका थिए । झाले ८४ बलमा ६७ रन बनाए भने सार्कीले ७२ बलमा ३६ रन बनाएका थिए ।

यस्तै नेपालका कुशल भूर्तेल १, आसिफ शेख ८ र कप्तान रोहितकुमार पौडेल १ रनमा आउट भएका थिए । यूएईका रोहन मुस्ताफाले २ र आयन अफजल खानले १ विकेट लिएका थिए । सोमबार वर्षाले खेल स्थगित गरेपछि मंगलबार खेललाई निरन्तरता दिइएको थियो । सोमबार नेपालले टस जितेपछि ब्याटिङमा आएको यूएईले २७.३ ओभरमा ९ विकेट गुमाई १ सय ६ रन बनाएको अवस्थामा वर्षा सुरु भई खेल अवरुद्ध हुन पुगेको थियो ।त्यही स्कोरबाट खेल्न सुरु गरेको यूएई ५.४ ओभरमात्र टिक्न सक्यो र टोलीले ११ रन थप्यो ।

अघिल्लो दिनको खेलको अन्तिम दुई बलमा लगातार विकेट लिएका ललित राजवंशीको ह्याट्रिक बललाई जुनाइद सिद्धिकीले रोकेका थिए । उनै सिद्धिकीले ललितको बलमा एउटा छक्का पनि प्रहार गरे । उनै ललितले सिद्धिकीलाई १० रनमा लङ अनमा कुशल भुर्तेलबाट क्याच गराई यूएईको इनिङ्सको अन्त्य गरे । ललितले ७ विकेट लिए । उनले ७.१ ओभरमा २ मेडन राख्दै १४ रन खर्च गरेका थिए ।

यस्तै नेपाली क्रिकेट टाेलीकाे याे सपपफलता प्रति राष्टपति रामचन्द्र पाैडेल, प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले सामाजिक संजाल मार्फत शुभकामना व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नक्कली भूटानी शरणार्थी प्रकरणमा ‘बादल’ का सल्लाहकार राई पक्राउ
Next post सन्द्धर्भ विश्व प्रेस स्वतन्त्रताः प्रेस स्वतन्त्रता सम्बन्धी अन्तकृया