२१ वैशाख २०८०,काठमाडौँ- नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने प्रकरणमा पक्राउ परेका एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई आज अदालतमा उपस्थित गराइएको छ । जिल्ला अदालत काठमाडौँले  रायमाझीलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

हिजो साँझ बुटवलमा पक्राउ परेका उनलाई आज काठमाण्डौ ल्याएर अदालतमा उपस्थित गराइएको हो । पूर्वमन्त्री टोपबहादुर रायमाझी र उनका छोरा सन्दीपलाई हिजै पक्राउ पुर्जी जारी भएको थियो ।

यो प्रकरणमा गत १२ चैतमा प्रहरीले केशव दुलाल, सानु भण्डारी र टेक गुरुङलाई पक्राउ गरेको थियो । उनीहरुको बयानका आधारमा मंगलबार पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेका थिए । यसैबीच नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका राईले प्रहरीसँगको बयानमा  आफ्नो संलग्नता अस्वीकार गरेका छन् ।

यसैगरी हिजाे मात्र तत्कालिन गृह मन्त्रालयका सचिव रहँदा संलग्न रहेकाे अाराेप लागेका हाल उपराष्टपति कार्यलयका सचिव टेकनारायाण पाण्डे पक्राउ परेका छन् । झण्डै १ हजार हाराहारी ग्रैरभूटानीलाई शरणाार्थी बनाउने कार्य भएकाे खुल्दै गएकाे छ । यस अघि माेटाे रकम ठगी गरेकाे भनी २० जनाले जिल्ला प्रहरी परिसर काठमाण्डाैंमा उजुरी दिएका थिए । पछिल्लाे समय उजुरी दिनेकाे संख्या बढ्दै गएकाे प्रहरीले जानकारी दिएकाे छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *