दमकमा थालियो किसान परिचय पत्र वितरण (फाेटाे फिचर)

२१ वैशाख २०८०/बालदिवश तामाङ
झापाको दमक नगरपालिकाले आज देखि किसान परिचय पत्र वितरण थालेको छ । केही महिना देखि गणक पठाएर संकलन गरेको विवरणलाई संघीय सरकारले जारी गरेको कार्यविधि अनुसार प्रमाणित भएका ७ सय ६६ जना किसानलाई परिचय पत्र वितरण थालेको हो ।

हरेक वडामा ३ जना गणक परिचालन गरेर संकलित १ हजार ५ सय किसानको प्रमाणिकरण प्रकृयासँगै परिचय पत्र वितरण थालिएको कृषि शाखाकी प्रमुख चन्द्रकला भट्टराईले जानकारी दिनु भयो । किसान परिचय पत्र किसानलाई दिने सेवा सुविधाको पारदर्शिता र सुशासन अभिबृद्धि गर्न तीनै तहको सरकारको समन्वयमा वितरण हुँदै आएको छ । झापा जिल्लामा अन्य पालिकाले समेत किसान सूचिकरण कार्याक्रम कार्यान्वयन विधिको आधारमा परिचय पत्र वितरण गर्दै आएका छन् ।

तर ग्रामिण क्षेत्रमा कृषि व्यवसाय गर्दै आएका कतिपय किसानले भने नबुझेर परिचय पत्र बनाउन त्यति चासो दिएका छैनन् । यता परिचय पत्र बनेका किसानको नाममा समेत गल्ति भेटिएकाले सच्याउन समस्या भएको किसानले बताएका छन् ।
सरकारले २०७७ मा किसान सूचिकरण कार्याक्रम कार्यान्वयन विधि जारी गरी सो अनुसार प्रदेश र स्थानीय तहले समेत कार्यविधि बनाएर किसान परिचय पत्र वितरण थालिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नक्कली भुटानी शरणार्थी प्रकरण : सन्दीप रायमाझीलाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति
Next post धन्य भगवान मान्छे नमराेस्ः हेलिकप्टर दुर्घटना हुँदा ५ जना घाइते (फाेटाे फिचर)