धन्य भगवान मान्छे नमराेस्ः हेलिकप्टर दुर्घटना हुँदा ५ जना घाइते (फाेटाे फिचर)

२२ वैशाख २०८०,सारासन्देश समाचार– संखुवासभाको भोटखोलामा भएको हेलिकप्टर दुर्घटना हुँदा ५ जना घाइते भएका छन् ।  घाइतेलाई उपचारका लागि काठमाडौं लगिँदै छ । शुक्रबार दिउँसो भोटखोला गाउँपालिका-४, हम्मरेडाँडामा भएको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा पाइलटसहित ५ जना घाइते भएका छन् । सिम्रिक एयरका प्रमुख बजार अधिकृत योगेश सापकोटाका अनुसार दुर्घटनामा घाइते भएका सिम्रिकका क्याप्टेन तथा चिफ पाइलट सुरेन्द्र पौडेलसहित घाइतेहरूलाई काठमाडौं उपचारका लागि लाने कार्य थालिएकाे छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार घाइतेलाई अहिले दुर्घटनास्थलबाट सेना र सिम्रिककै हेलिकप्टरबाट खाँदबारी विमानस्थलमा पुर्‍याइएको छ । घाइतेको अवस्था हेरेर अब थप उपचारका लागि काठमाडौं ल्याउने तयारी भएको उहाँले जानकारी दिनु भयाे । हटिया गोलाको छोङग्राङबाट माथिल्लो अरुण जलविद्युत् आयोजनाको सामग्री बोकेर उडेको हेलिकप्टर सिप्ररुङको हम्मरेडाँडामा रुखमा ठोक्किएर दुर्घटना भएको हो ।

संखुवासभा विमानस्थल प्रमुख भानु कोइरालाका अनुसार, शुक्रबार दिउँसो १ बजेतिर हेलिकप्टर दुर्घटनामा परेको हो ।  संखुवासभा विमानस्थल प्रमुख कोइरालाका अनुसार, दुर्घटनास्थल खाँदबारी विमानस्थलबाट २० मिनेटको हवाई दूरीमा पर्छ । सिम्रिकको हेलिकप्टर बिहीबार काठमाडौंबाट खाँदबारी प्रहरी कार्यालयमा अवतरण भई उत्तरी गोलातर्फ हिजै बेलुकी गएको थियो । त्यहाँ शुक्रबार बिहानदेखि विद्युत्‌का सामान ओसार्न सटल उडान गर्दै आइरहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post दमकमा थालियो किसान परिचय पत्र वितरण (फाेटाे फिचर)
Next post हेलिकप्टर दुर्घटनामा एककाे मृत्यु