भूटानी शरणार्थी प्रकरणः टोपबहादुर रायमाझीलाई कानुनको दायरामा बुझाउन सांसदकाे माग

२४ वैशाख २०८०,काठमाडौँ – माओवादी केन्द्रका सांसद माधव सापकोटाले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अर्बौं रकम ठगी गर्ने टोपबहादुर रायमाझीलाई कानुनको दायरामा बुझाउन चुनौती दिएका छन् । प्रतिनिधसभाको बजेट अधिवेशनको पहिलो बैठकमा नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने विषय उठेको हो । त्यसै क्रममा एमालेका सांसदहरूले नक्कली भुटानी शरणार्थीमात्रै नभई अरु विषय पनि छानबिन गर्नुपर्ने बताएका छन् । सांसदहरूले इमानदारितापूर्वक टोपबहादुर रायमाझीलाई ल्याएर कानुनको दायरामा बुझाउनु नै सबैकाे कल्याण हुने बताएका छन् ।

पटक पटक फाेटाे खिच्दा समेत भूटानी शरणाार्थी परिचय पत्र पाउन नसकेका मधुलाल चापागाँइ वेलडाँगीका भूटानी शरणार्थी अाफ्नाे भूटानी परिचय पत्र देखाउँदै

एमालेका सांसदहरूले नेपालीलाई नक्कली शरणार्थी बनाउने प्रकरणमा संलग्न आफ्ना सांसद तथा सचिव रायमाझीलाई पक्राउ पुर्जीसमेत जारी भइसकेको अवस्थामा विषयान्तर गर्न खोजेको सापकोटाको भनाइ छ । उहाँले एमालेले उक्त प्रकरणलाई विषयान्तर गर्न खोजेको र सदन कब्जा गर्न खोजेको समेत बताएका छन् ।

यस्तै यता नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले गत भदौ महिनामै नक्कली भुटानी शरणार्थीको विषय संसदमा उठेको भन्दै त्यसबेला सरकारले वेवास्ता गरेको बताएका छन् । अहिले पत्रपत्रिकाहरुमा नक्कली भुटानी शरणार्थीको आएका छन् । तर यो  विषय भने नयाँ नभएकाे उहाँले बताउनु भयाे ।  यस्तै भुटानी शरणार्थी मात्रै नभएर अन्य विषयमा पनि छानबिन हुनु पर्ने अन्य एमालेका सांसदले माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post ग्रैरभूटानीलाई शरणार्थी बनाएर तेस्राे मुलुक उडाए पछि खाटी भूटानीहरू समस्यामा परेकाे गुनासाे
Next post स्थानीयले राेक्न खाेजे पनि राेकिएन मावा खाेला दाेहन