अव विदेशबाट आउँदा दुईवटा मोबाइल ल्याउन पाइने
२६ वैशाख २०८०, काठमाडौँ – सरकारले विदेशबाट आउने नेपाली नागरिकले आफ्नो साथमा बढीमा दुईवटा मोबाइल ल्याउन पाउने व्यवस्था गरेको छ । मन्त्रिपरिषदको बैठकले झिटीगुण्टा नियमावली संशोधन गर्दै आफ्नो साथमा बढीमा दुई वटा मोबाइल ल्याउन पाउने व्यवस्था गर्ने निर्णय गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनु भयाे । यसअघिको व्यवस्थाअनुसार आफ्नो साथमा आफूले चलाइरहेको मोबाइल मात्रै ल्याउन पाउने व्यवस्था थियो । सो व्यवस्थाका कारण त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा कयौं मोबाइल खोसिने गरेको गुनासो आएको थियो । मन्त्रिपरिषद्को यो निर्णय लागू भएपछि अब आफूले चलाइरहेको मोबाइल र अर्को थप एक मोबाइल ल्याउन पाइनेछ । सञ्चार र श्रम मन्त्रालयले आवश्यक गृहकार्य गरी छिट्टै यो व्यवस्था लागू गरिने मन्त्री शर्माले जानकारी दिनु भयाे । मन्त्रिपरिषद बैठकले एमडीएमएस पनि लागू गर्ने निर्णय गरेको छ ।
More Stories
घर जग्गाका कारण झापामा धान उत्पादन गिरावटः १० हजार हेक्टर क्षेत्रफल धान खेती घट्याे
७ माघ २०८१/डिकेश लामा नेपालको सवैभन्दा धेरै धान खेती हुने झापा जिल्लामा केही बर्ष यता धान रोपाईंको क्षेत्रफल घट्दै गएको...
भारतीय आयातका कारण किसान मारमाः फुलकाेपीकाे मुल्य याे बर्ष १० रूपयाँ केजीसम्म झर्याे
६ माघ २०८१/डिकेश लामा भारतीय सागसब्जीका कारण झापामा यस बर्ष फुलकोपीको मुल्य दोब्बरले गिरावट आएको छ । कोशी प्रदेशमै सवैभन्दा...
स्वदेशी हाइव्रेड मकै उत्पादनमा समस्याः भारतीय विउ प्रति किसानकाे रूची
५ माघ २०८१/डिकेश लामा लगातार ५ बर्ष देखि स्वदेशमै स्थानीय स्तरमा बृहतरुपमा हाइव्रिड मकैको विऊ उत्पादनमा जुटेका किसानलाई समस्या हुन...
माइ मेलाको मोह बढ्दैः एकै दिन ५० हजार बढी भक्तजन (फाेटाे/भिडियाे फिचर)
१ माघ २०८१/डिकेश लामा पूर्वी नेपालमा झण्डै ५ दशक देखि माघे संक्रातीमा लाग्ने माइ मेलाको मोह बर्षेनी बढ्दै गएको छ...
ढेड दशकमा पनि बन्न नसकेको कन्काइ पुलको काम अलपत्र (फाेटाे फिचर)
२४ पुस २०८१/डिकेश लामा झण्डै ढेड दशक अघि निर्माण थालिएको झापाको हुलाकी सडकमा पर्ने कन्काई नदिको पुलको निर्माण काम अलपत्र...
उपचार खर्च नहुँदा मृत्यु पर्खेर पीडामा बाँचेका छन् तामाङः सहयोगका लागि अपील
कृपया सके सहयाेग गराैं, नसके शेयर गरेर सहयाेगी मनसम्म पुर्याउन सवैले सहयाेग गराैं २२ पौष २०८१, सारासन्देश समाचार इलामको फाकफोकथुम–२,...