प्रदेशको नामको विरोधको झडपमा १४ घाइतेः प्रदेशकाे नाम नसच्याए थप आन्दोलन गरिने

२७ वैशाख २०८०,सारासन्देश समाचार
कोशी प्रदेशको नाम खारेजीको माग गर्दै दमकका मंगलबार साँझ भएको झडपमा १२ जना प्रहरी सहित १४ जना घाइते भएका छन् । आन्दोलनकारीले निकालेको राँके जुलुसलाई रोक्न खोज्दा झडप भएको बताइएको छ ।
आन्दोलनमा झडप शुरु भए पछि नियन्त्रण गर्न आन्दोलनकारीले राँकोले नै प्रहरी माथि आक्रमण गर्न थाले पछि स्थिति नियन्त्रण गर्न १९ सेल अश्रु ग्याँस, ५ राउण्ड हवाइ फायर र प्लाष्टिकको गोली समेत चलाइएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ । झडपमा परी आन्दोलनकारीका तर्फ प्रहरीको गोली लागेर गजेन्द्र फागो र दिक्षा क्षेत्री घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार संभव नभए पछि थप उपचारका लागि विर्तामोडको विर्तासिटी अस्पताल लगिएको छ ।
यता १२ घाइते प्रहरी मध्ये प्रहरी सहायक हवल्दार शुशिल चौधरी र इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायब उपरिक्षक मनोजकुमार लामा शख्त घाइते भएका छन् । लामाको स्थानीय लाइफ लाइन अस्पतालमा उपचार गरे पश्चात कार्यालय फर्कनु भएको छ । चौधरीको भने आँखामा गम्भिर चोट लागेका कारण उपचारका लागि विराटनगर पठाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रबक्ता प्रहरी नायब उपरिक्षक खगेन्द्रप्रसाद रिजालले बताउनु भयो ।
प्रहरीले शान्तिपुर्वक आन्दोलन गर्नेलाई सहज तरिकाले स्कटिङ र सुरक्षा प्रदान गर्ने हिसाव सडकमा निस्किएको वेला आन्दोलनकारी आक्रमक भएर राँको लिएर नै प्रहरी माथि ढुङ्गा मुढा गर्ने राँकोले हिर्काउने गर्न थाले पछि झडपको स्थिति सृजना भएको बताइएको छ । यता आन्दोलनकारीले भने शान्तिपूर्वक निकालिएको राँके जुलुसमा प्रहरीले हस्तक्षेप गरेको दावी गरेको छ ।
कोशी प्रदेशको नामाकरण सच्याउन ढिलो गरे देशले अझै ठूलो क्षति व्यहोर्नु पर्ने आन्दोलन पक्षका नेतृत्वले बताएका छन् । यस अघि विराटनगरको आन्दोलनमा ज्यान गुमेको लाजेहाङ्ग सुब्बाको मृत्युले पहिचान पक्षधर अझ शसक्त भएर आन्दोलनमा होमिएको उनीहरुले बताएका छन् । सरकारले जतिसक्दो चाँडो प्रदेशको नाम सच्याउन तत्परता नदेखाए थप आन्दोलन गरिने कोणसभाका बक्ताहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post अव विदेशबाट आउँदा दुईवटा मोबाइल ल्याउन पाइने
Next post पूर्व गृहमन्त्री खाँण पक्राउ परेसँगै नक्कली भुटानी शरणार्थी प्रकरणकाे चर्चा चुलिँदै