साइबर अपराध र कानूनी व्यवस्था सम्बन्धी अन्तरकृयात्मक कार्यक्रम सम्पन्न

२७ वैशाख २०८०,गौरीगंज– झापाको गौरीगञ्जमा विद्यार्थीलाई लक्षित गरी प्रविधिको बढ्दो प्रयोग साइबर अपराध र कानूनी व्यवस्था सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ ।
गौरीगञ्ज गाउँपालिकाको सहयोग र नारी सञ्चार गृह झापाको आयोजनामा सम्पन्न कार्यक्रममा प्रविधि हरेक मानिसको अभिन्न अंग झै बनिसकेको निष्कर्ष निकाल्दै प्रविधिको प्रयोगबाट हुने अपराधजन्य घटनाबाट बच्न व्यक्ति स्वयं सचेत र सतर्क हुनुपर्नेमा जोड दिइएको थियो ।
प्रविधिको सदुपयोगले मानिसलाई हरेक सहजता हुने निश्चित भएपनि सही सदुपयोग गर्न नजाने त्यसबाट हुने समस्याबारे छलफल गरिएको थियो ।
गौरीगञ्ज गाउँपालिका अन्तरगत रहेका मावि तहका विद्यार्थी, अभिभावक र शिक्षक प्रतिनिधि सहभागी कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमकी प्रमुख अतिथि तथा गाउँपालिकाकी अध्यक्ष फुलवती राजवंशीले प्रविधि आजको आवश्यकता भएपनि त्यसबाट बच्न सबै सचेत हुन आग्रह गर्नु भयाे ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष श्रेष्ठले समय सापेक्ष कार्यक्रम भएको भन्दै प्रविधिको प्रयोग र त्यसबाट हुने फाइदा, बेफाइदाबारे सबै जानकार हुनै पर्ने बताए ।
कार्यक्रममा सहजकर्ता तथा इलाका प्रहरी कार्यालय दमकका प्रमुख मनोजकुमार लामाले प्रविधिको प्रयोगको विश्व र नेपालको अवस्था, नेपालमा देखिएका समस्या, साइबर अपराधबाट बच्ने उपाय, उजुरी गर्ने ठाउँ, कानूनी व्यवस्थाका लगायतका विषयमा जानकारी गराउनु भएकाे छ ।
सो अवसरमा सहभागी विद्यालयका शिक्षकका तर्फबाट लालमणी कट्टेल, अभिभावकका तर्फबाट पवित्रा पाण्डे र टेकबहादुर योङ्या तथा विद्यार्थीहरु सुजिया सिवा र सेविका बरालले कार्यक्रम उपयोगी भएको भन्दै विद्यार्थी, शिक्षकका साथै समुदायमा पनि कार्यक्रम पुर्याउनु पर्नेमा जोड दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post पूर्व गृहमन्त्री खाँण पक्राउ परेसँगै नक्कली भुटानी शरणार्थी प्रकरणकाे चर्चा चुलिँदै
Next post झापा ६ दर्जन बढी सीमा स्तम्भ हराउँदा सीमावर्ती क्षेत्रमा समस्याः स्थानीय भन्छन् हाम्राे सिमाना कहाँ छ ? (फाेटाे फिचर)