पूर्व गृहमन्त्री खाँण पक्राउ परेसँगै नक्कली भुटानी शरणार्थी प्रकरणकाे चर्चा चुलिँदै

२७ वैशाख २०८०, सारासन्देश समाचार– नक्कली भुटानी शरणार्थी प्रकरणमा बुधबार बिहान कांग्रेसका नेतासमेत रहेका पूर्व उपप्रधानमन्त्री एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेसँगै थप चर्चा चुलिएकाे छ । खाँणसँगै उनका निजी सचिव (पीए) नरेन्द्र केसी समेत पक्राउ परेका छन् ।

शरणार्थी काण्डका योजनाकार मध्येका एक भएको आरोप लागेका पूर्व उपप्रधानमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझी भने पक्राउ पर्न सकेका छैनन् ।  रायमाझीलाई बुधबार दिउँसो पार्टीले निलम्बन गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेकपा एमालेका सचिव रायमाझीलाई सचिवबाट पार्टीले निलम्बन गरेको हाे । बुधबार एमालेले एक विज्ञप्ति जारी गर्दै पूर्वउपप्रधानमन्त्री रायमाझीलाई पार्टीबाट निलम्बन गरेको जनाएको छ । राज्यले गर्ने अनुसन्धानमा सहयोग पुगोस् भनेर एमाले पार्टीले केन्द्रीय सचिव रायमाझीलाई यस सम्बन्धी अनुसन्धान र कानुनी कारवाहीको प्रक्रियाको अन्तिम टुंगो नलागेसम्म पदबाट निलम्बन गरिएको महासचिव शंखर पोखरेलद्वारा हस्ताक्षर गरिएको प्रेस विज्ञप्ति मार्फत जनाएको छ ।

यसै अाजै शीर्ष नेताबीच वैठक समेत बसेकाे छ । यस्तै शरणार्थी शिविरमा परिचय पत्र नपाएका भूटानी शरणार्थीहरूले भने खाटी भूटानीकाे नाममा ग्रैर भूटानीलाइ तेस्राे मुलुक पठाएकाले अाफूहरूले दुख पाएकाे बताएका छन् । याे प्रकरणमा तल्लाे तहमा काम गर्ने तत्कालीन सरकारी कर्मचारीकाे समेत खाेजी गरी पक्राउ नगरे वास्तविकता नखुल्ने उनीहरूकाे भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post प्रदेशको नामको विरोधको झडपमा १४ घाइतेः प्रदेशकाे नाम नसच्याए थप आन्दोलन गरिने
Next post साइबर अपराध र कानूनी व्यवस्था सम्बन्धी अन्तरकृयात्मक कार्यक्रम सम्पन्न