नक्कली भूटानी प्रकरणले सक्कली भूटानी शरणार्थीलाई समस्या

१ जेष्ठ २०८०/सारासन्देश समाचार
पूर्वी नेपालमा बसोवास गर्दै आएका भूटानी शरणार्थीको नाममा भएको ठगी प्रकरणले खाटी भूटानीलाई समस्या भएको बताएका छन् । भूटानले नेपालमा अव भूटानी छैनन् भनेर गरिरहेको दावीलाई हालै भएको नाम वेच्ने ठगी धन्दाले शरणार्थी समस्या समाधानमा थप समस्या भएको बताएका छन् ।
भूटानी शरणार्थी प्रतिनिधि स्वदेश फिर्ती समितिले आज एक प्रेस विज्ञप्ती जारी गर्दै तत्काल नक्कली भूटानी शरणार्थी प्रकरणका दोषी माथि कडा कार्वाही गरी खाटी भूटानीहरुको समस्या समाधानमा सहयोग गर्न माग गरेका छन् ।
समितिका कार्यबाहक अध्यक्ष तिलक राईले दिएको जानकारी अनुसार हाल शरणार्थी शिविरमा बसोवास गर्दै आएका साढे ६ हजार शरणार्थी र विभिन्न कारणले पञ्जिकरणमा छुटेकाहरुको समस्या समाधानमा कार्य थाल्न माग गरिएको छ ।
भूटानी शरणार्थीको नाममा ठूलो रकम भ्रष्टचार गरेकाले खाटी भूटानी शरणार्थीको समस्या समाधानमा वेवास्ता हुने संभावना बढेको शरणार्थीहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post प्रेस युनियन झापाको अध्यक्षमा भट्टराई निर्वाचितः चार जना पत्रकारहरू पुरस्कृत
Next post शरणार्थीको नाम वेचेर ग्रैर भूटानीलाई शरणार्थी बनाएर अमेरिका पुर्याएको प्रति खाटी भूटानीको गुनासो (भिडियाे कथा)