खाटी शरणार्थी शिविरमा नक्कली पुगे अमेरिका: शिविरमा छाडिएकाहरुको विचल्लनी(भिडिया कथा सहित)

कसरी वेचिए खाटी भूटानी शरणार्थीः शिविरमा तत्काल छानविन गर्न माग

९ जेष्ठ २०८०/डिकेश लामा

नक्कली शरणार्थी प्रकरणको छानविन चलिरहेको वेला केही भूटानी शरणार्थीले आफ्नो नामबाट दोस्रो मानिस तेस्रो मुलुक गएको गुनासो पोख्न थालेका छन् । ३ दशक अघि शरणार्थी शिविरमा प्रवेश गरेका उनीहरु आफूहरु कामको खोजीमा बाहिर गएको वेला आफ्नो नाममा अरुले नै परिचय पत्र बनाएर पूर्नवास भएको बताएका छन् ।झापाको वेलडाँगी शरणार्थीमा बसोवास गर्दै आउनु भएका मोतिलाल थापा परिवारबाट अहिले एक्लिनु भएको छ । शरणार्थी शिविरमा भने जस्तो खाने बस्ने व्यवस्था हुन नसकेका थापा परिवारका अन्तरे छोरा मोतिलालले काम गर्न २००१ मा घर छाडेर भारत तर्फ लाग्नु भयो ।

शरणार्थी शिविरमा दर्ता भएर दातृ निकायले राहत दिएको भरमा नपुग्दा कामको खोजीमा भारतको मनिपुर जानु भएका थापाले उतै विवाह गर्नु भयो । विवाह भएर बालबच्चा समेत जन्म भइ केही बर्ष पछि आफ्नो अस्थायी घर भूटानी शरणार्थी शिविर फर्केर आउँदा आफ्नो नामबाट फोटो खिचेर अर्के व्यक्ति तेस्रो मुलुक पुगेको थाहा पाउनु भयो । उहाँले दातृ निकाय देखि जिल्ला प्रशासन कार्यालयमा पुगेर आफ्नो समस्या राख्दा समेत अहिलेसम्म सुनवाई नहुँदा परिवारबाट एक्लिनु बाध्य हुनु परेको गुनासो पोख्नु भयो ।

थापा जस्तै शरणार्थी शिविरमा नाम दर्ता भएका तर उनीहरुको नाममा अर्कै नक्कली मान्छे अमेरिका गएको भन्ने गुनासो पछिल्लो प्रकरण पछि शरणार्थी शिविरको व्यवस्थापन समितिमा आउन थालेको छ । यो समस्या कसरी भयो भन्ने विषयमा छानविन गर्नु पर्ने वेलडाँगी शिविरका सहायक सचिव टेकबहादुर राईले बताउनु भयो । राईका अनुसार सरकारले पीडित शरणार्थीहरुको छाप्रोसम्म आएर छानविन नगरे पीडितको समस्या समाधान नहुने बताउनु भयो ।

शरणार्थी शिविरमा तेस्रो मुलुक पुनर्वास चलिरहँदाको अवस्थामा स्थानीय कर्मचारी, परिवार र शिविरभित्रका अगुवाहरुको समेत मिलेमतोमा किर्ते गरेर कामको खोजीमा गएकाहरुलाई विक्री गरेको पीडितहरुले बताएका छन् । शरणार्थी शिविरमा त्यस्ता आफ्नो नाममा अर्कै व्यक्ति तेस्रो मुलुक जाने कति छन् भन्ने एकिन तथ्याङ्क नभए पनि धेरै जनाको गुनासो आउन थालेको छ । शरणार्थी शिविर आसपास रहेका दलालहरुले समेत विक्री गर्ने गरेको र त्यस वापत मोटो रकम हात पार्ने गरेको पछिल्लो समय पीडितहरुले गुनासो पोख्न थालेका छन् । कतिले पछिल्लो समय छाडिएहरुबाट पुन दर्ता गर्ने र पारिवारिक मिलन गरिदिने भन्दै ५ देखि २० लाखरुपयाँ सम्म रकम असुल गरेको पीडित शरणार्थीले बताएका छन् ।
दर्ता भएका शरणार्थीको नाममा दोस्रो व्यक्ति पूर्नवास भए पछि अहिले उनीहरु शिविरमा वेनामे भएका छन् । उनीहरुको नामको मान्छे तेस्रो मुलुक गए पछि घर न घाटको भएको भन्दै सरकारले तत्काल यस तर्फ पनि छानविन गर्नु पर्ने उनीहरुले माग गरेका छन् ।

भिडियाे कथा हेर्नका लागि तलकाे लिंक थिच्नुहाेस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post झापामा पोथी हात्ती मृत फेला
Next post भूटानी नेता रिजालको पैसा मागको अडियो सार्वजनिक (अडियाे सहितकाे भिडियाे)