झापामा पोथी हात्ती मृत फेला

८ जेष्ठ २०८०, झापा
झापामा आज एउटा जंगली पोथी हात्ती मृत फेला परेको छ । बुद्धशान्ति गाउँपालिका वडा नम्बर ३ शितलचोकका नजिकै किसानको खेतमा हात्ती मृत फेला परेको हो ।
करिव २५ देखि ३० वर्षको पोथी हात्तीको विद्युतीय करेन्टका कारण मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ । तर हात्तीको शरीरको सामन्य प्रकृति हेर्दा भरर्खरै भ्याएको हुन सक्ने डिविजन बन कार्यालय झापाका अधिकृत जिवन पाठकले जानकारी दिनु भयो ।
हात्तीको मृत्युबारे थप अनुसन्धान गर्न कोशी टप्पुबाट आएको प्राविधिक टोलीलाई पोष्टमार्टमका लागि पठाइएको छ । मृतक हात्तीलाई नजिकै खाल्डो खनेर पुरिएको छ । झापा जिल्लामा एक दशक यता योसँग १८ वटा हात्तीको मृत्यु भईसकेको बन कार्यालयले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post शैक्षिक गुणस्तर बृद्धिका लागि विधार्थीमाझ चुनाव
Next post खाटी शरणार्थी शिविरमा नक्कली पुगे अमेरिका: शिविरमा छाडिएकाहरुको विचल्लनी(भिडिया कथा सहित)