भारतको ओडिशामा रेल दुर्घटना हुँदा २ सयभन्दा बढीको मृत्यु ९ सय जना घाइते

१९८१ मा ७५० जनाकाे मृत्यु पछि भारतमा हालसम्म ७ वटा भयानक रेल दुर्घटना

२० जेष्ठ २०८०, सारासन्देश डेस्क समाचार– भारतको ओडिशा राज्यको बालासोर जिल्लामा रेल दुर्घटना हुँदा २ सयभन्दा बढीको मृत्यु भएको छ । शुक्रबार साँझ ७ बजे तिर भएकाे दुर्घटनामा २ सय ३० जना काे मृत्यु भएकाे छ भने ९ सय जना भन्दा धेरै घाइते भारतीय समाचार संस्थाहरूले जानकारी दिएकाे छ । भारतीय संचार माध्यमका अनुसार चेन्नईबाट हावडा गइरहेको कोरोमन्डल एक्सप्रेस अर्को मालवाहक रेलसँग ठोक्किएको थियो । त्यसपछि रेलको केही बग्गी लिकबाट पल्टिन पुगेकाे थियाे ।

सीएनएन अनुसार दुर्घटनामा २३० जनाको मृत्यु भएको छ भने करिब ९ सय जना घाइते भएका छन् । दुर्घटना शुक्रबार साँझ ७ बजेतिर बालासोर जिल्लाको बाहानागा बजारस्टेसननजिकै भएको हो ।

भारतीय रेलमन्त्री अश्विनी वैष्णव दुर्घटनास्थल पुगेका छन् । उहाँले ट्विट गर्दै दुर्घटनाप्रति दु:ख व्यक्त गरेका छन् । सरकारका तर्फबाट मृतकका परिवारलाई १०/१० लाख रुपैयाँ राहत दिने घोषणा पनि गरेका छन् । त्यस्तै उपचारका लागि गम्भीर घाइतेलाई २ लाख र सामान्य घाइतेलाई ५० हजार रुपैयाँ उपलब्ध गराइने पनि उहाँले घोषणा गर्नु भएकाे छ। शुक्रबार साँझदेखि नै उद्धार र राहत कार्य तीव्र बनाइएको पनि भारतीय अधिकारीहरूले जनाएका छन् । प्रत्यक्षदर्शीहरूका अनुसार पल्टिएका रेलका बग्गीले यात्रु थिचिएका छन् । उद्धारका लागि घटनास्थलमा १०० भन्दा बढी एम्बुलेन्स र ५० भन्दा बढी बस परिचालन गरिएको छ । भारत भ्रमणका क्रममा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले घटनाप्रति दु:ख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन् ।

यस अघि २०१६ मा उतरप्रदेशमा भएकाे रेल दुर्घटनामा १५२ जनाकाे ज्यान गएकाे थियाे । भारतमा अहिलेसम्मकै सवै भन्दा धेरै सन् १९८१ जुन ६ मा भारतकाे विहारमा बागमती नदि माथि भएकाे रेल दुघर्टनामा परी ७५० जनाले ज्यान गुमाएकाे घटनालाइ मानिएकाे छ । विहारकाे घटना यता भारतमा ७ वटा ठूल्ठूला रेल दुर्घटना भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post भारत भ्रमण विकासका लागि ब्रेक थ्रु: प्रधानमन्त्री दाहाल
Next post तरकारी तथा फलफूल आयात गर्दा अबदेखि १३ प्रतिशत भ्याट लाग्ने