२५ माघ २०७७, काठमाडौं-  नेपालमा काेराेनाबाट निकाे हुनेकाे संख्या २ लाख ६८ हजार ७२ जना पुगेका छन् । याे संख्या कुल संक्रमित मध्ये ९८ दशमलव ६ प्रतिशत पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ ।

यस्तै पछिल्लो २४ घण्टामा २ सय ६० जना निको भएर घर फर्किएका छन् । यसैगरी नेपालमा पछिल्लो २४ घण्टामा १ सय १९ जना कोरोना संक्रमित थपिएका छन्। नेपालमा योसहित संक्रमितको संख्या २ लाख ७१ हजार ९ सय २५ जना पुगेको छ ।

नेपालमा अब सकृय संक्रमितको संख्या १ हजार ८ सय १५ जना मात्र छन्। कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ हजार ३८ जना पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *