भारतकाे उत्तर खण्ड राज्यमा हिमनदीको बाढीमा परी सयौं हराइरहेको आशंका, ८ जनाको मृत्यु भएको पुष्टी (भिडियाे सहित)

उत्तर भारतमा एउटा हिमनदीमा बाढी आएर बाँध भत्कँदा दर्जनौँ बेपत्ता भएको र कैयौँको मृत्यु भएको आशङ्का

२६ माघ २०७७, भारत– भारतको उत्तराखण्ड राज्यमा हिमपहिरो सहितको पहाड नै नदीमा खसेपछि आएको बाढीले बाँध भत्किदा सयौं मानिस हराइरहेका छन् भने कयौंको मृत्यु भएको आशंका गरिएको छ ।

उत्तराखण्डस्थित सो बाँध भत्किएपछि तल्लो तटीय क्षेत्रमा ठूलो बाढी पसेको हो । अधिकारीहरूका अनुसार १ सय २५ जनाभन्दा बढी स्थानीयहरू हराएको आशंका गरिएको छ ।

बाढीको भेल तीव्र गतिमा बस्तीहरुमा पसेपछि धेरै नोक्सानी पुर्‍याएको छ । चमोली जिल्लाको धौलीगंगा नदीमा आएको बाढीले बाँध भत्काएको हो ।

हराइरहेकामध्ये अधिकांश सो स्थानमा रहेको जलविद्युत्‌ आयोजना निर्माणमा संलग्न मजदुरहरू रहेको बताइएको छ ।

बाढी तीब्र गतिमा अनायासै आएकाले कसैलाई सचेत गराउन नभ्याएको स्थानीयले बताएका छन् । हालसम्म ८ जनाको शव फेला परेको छ ।

ऋषिगंगा जलविद्युत परियोजनाको सुरुङभित्र काम गरिहरेका ५० जना मजदुरको मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ । सुरुङमा फसेका १६ जनासहित अन्य थुप्रैलाई उद्दार गरिएको छ ।

उत्तराखण्डस्थित बाँध भत्किएपछि तल्लो तटीय क्षेत्रमा ठूलो भेल पसेको थियो।

अधिकारीहरूका अनुसार १२५ जनाभन्दा बढी गाउँलेहरू हराएको हुन सक्छ। सामाजिक सञ्जालमा राखिएका भिडिओहरूमा बाढीको भेल तीव्र गतिमा पसेर धेरै नोक्सानी पुर्‍याएको देखिन्छ।

चमोली जिल्लाको धौलीगङ्गा नदीमा तीव्र गतिमा पानीको प्रवाह भएको देखिएको छ जसले बाँध भत्काइदिएको छ।

अधिकांश मजदुर

हराइरहेकामध्ये अधिकांश त्यहाँ जलविद्युत्‌ आयोजना निर्माणमा संलग्न मजदुरहरू रहेको बताइएको छ।

“भेल एकदमै छिटो आयो, कसैलाई सचेत गराउन भ्याइएन,” नजिकैको गाउँमा रहेका सञ्जयसिँह रानाले बताएका छन् ।

“मलाई त हामीलाई पनि बगाउँछ जस्तो लागेको थियो।”

उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले १२५ जना हराइरहेको अहिलेसम्म पुष्टि भएको बताएका छन्।

उद्धारकर्मी

तर अधिकारीहरूका अनुसार त्यो सङ्ख्या बढ्न सक्छ।

“सातवटा शव फेला पारिएको छ र उद्धार कार्य जारी छ,” रावतले पत्रकारहरूलाई भने।

प्रधानमन्त्री नरेन्द्र मोदीले अवस्थाको अनुगमन गरिरहेको बताएका छन्।

“सबैको कुशलताका निम्ति देशले प्रार्थना गरिरहेको छ,” उनले ट्विटरमा लेखेका छन्।

पश्चिमी हिमालय क्षेत्रमा रहेको उत्तराखण्ड अचानक आउने बाढी र पहिरोको उच्च जोखिममा पर्छ।

सन् २०१३ को जुन महिनामा ठूलो वर्षापछि आएको बाढीका कारण करिब ६ हजार मानिसको ज्यान गएको बीबीसी समाचारले उल्लेख्य गरेकाे छ ।

सामाजिक संजालमा भएकाे भिडियाे हेर्न तलकाे लिंक थिच्नुहाेस्र ।

https://www.facebook.com/116387043550730/videos/449685649736280

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा काेराेनाबाट निकाे हुने ९८ प्रतिशत भन्दा धेरै
Next post दाेस्राे चरणकाे खाेप शुरूः ३ लाखमा लगाउने याेजना