0 0
Read Time:1 Minute, 54 Second

२६ जेष्ठ २०८०,दमक– नेपाल पत्रकार महासंघको सदस्यता शुद्धीकरण अभियानको स्वागत गर्दै संघीय पत्रकार मञ्चका अध्यक्ष तथा नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय महासचिव दिलकुमार लावतीले महासंघको सदस्यता त्यागेको स्वघोषणा गरेका छन् ।

२ दशक देखि पत्रकारिता गर्दै अाउनु भएका लावती लिम्बूवान खबर डटकमका सञ्चालक तथा सम्पादक समेत हुनुहुन्छ । पत्रकार महासंघको सदस्यता शुद्धीकरण अभियान सफल बनाउन आफूले सदस्यता त्यागे पनि राजनीतिसंगै पत्रकारितामा क्रियाशील रहने उहाँले बताउनु भयाे  । उनले पार्टीमा महत्वपूर्ण जिम्वेवारीका कारण राजनीतिमा बढी समय दिनुपर्ने भएकाले सदस्यता त्यागेको उल्लेख गरेका छन् ।

‘पत्रकार सदस्यता सुद्धीकरण अभियानलाई देशव्यापी रुपमा संचालन गरेको हुँदा म हाल भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय सम्हालि रहनु भएको मन्त्री रञ्जीता श्रेष्ठ अध्यक्ष रहनु भएको नागरिक उन्मुक्ति पार्टीमा एकीकरण पश्चात महासचिव पदमा चयन भएको छु’– उहाँले विज्ञप्तिमा उल्लेख्य गर्नु भएकाे छ –‘ मैले अब दिर्घकालीन रुपमा राजनीतिमा सक्रिय हुने निश्चय गरेको हुँदा महासंघको साधारण सदस्यता त्याग गरेको जानकारी गराउँदछु ।’ लिम्बुले जस्तै जिल्लामा अन्य अाधा दर्जन सदस्यले स्वघाेषणा गरेका छन् ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

By admin

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *