नागरिकता विधेयक प्रमाणीकरण निर्णयको प्रतिलिपि झिकाउन सर्वोच्चले दियाे आदेश

२६ जेष्ठ २०८०,काठमाडौँ– सर्वोच्च अदालतले नागरिकता सम्बन्धी विधेयक प्रमाणीकरणविरुद्ध यसअघि दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिँदै प्रकाणीकरण निर्णयको प्रतिलिपि झिकाउन सरकारलाई आदेश दिएको छ । नागरिकता विधेयक प्रमाणीकरणको निर्णयको प्रतिलिपि झिकाउन सरकारलाई आदेश दिएको हो । विधेयक प्रमाणीकरणका लागि मन्त्रिपरिषद्‍को जेठ १२ गतेको सिफारिस र राष्ट्रपति कार्यालयले जेठ १७ गते गरेको प्रमाणीकरणको निर्णय झिकाउन सर्वोच्चले आदेश दिएको हो ।

शुक्रबार न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र पुष्पलता माथेमाको संयुक्त इजलासले यस्तो आदेश दिएको हो । साथै जेठ ३० गतेका लागि अर्को पेसी तोकिएको छ ।राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेपछि त्यसविरुद्ध वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले सर्वोच्चमा रिट निवेदन दिएका प्रमाणीकरणकाे निर्णय आगामी ३० गते पेशीमा पेश गर्नु पर्ने अदालतले आदेश दिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post स्कुटरलाई ठक्कर दिँदा मृत्यु भए पछि बसमा आगजनी
Next post लावतीले त्यागे पत्रकार महासंघकाे सदस्यता