कोशी प्रदेशले कृषिले जाेड दिँदै ३६ अर्ब २४ करोड ३५ लाखको बजेट सार्वजनिक गर्याे

३२ जेष्ठ २०८०,मोरङ– कोशी प्रदेश सरकारले कृषि क्षेत्रलाई जाेड दिँदै ३६ अर्बको बजेट आज सार्वजनिक गरेको छ । आन्तरिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिहीबार मन्त्रालयको सभाहलमा अध्यादेशमार्फत ल्याएको बजेट सार्वजनिक गर्नु भएकाे छ । उहाँले आउँदो आर्थिक वर्ष २०८०/०८१ का लागि ३६ अर्ब २४ करोड ३५ लाख १० हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गर्नु भएकाे हाे । जसमा चालु खर्चमा १४ अर्ब ३९ करोड ६२ लाख ६६ हजार, पुँजीगततर्फ १८ अर्ब २३ करोड ४२ लाख ५२ हजार र वित्तीय हस्तान्तरणतर्फ १ करोड र स्थानीय तहमा वित्तीय हस्तान्तरणमा ३ अर्ब ६० करोड २९ लाख ९२ हजार बजेट विनियोजन गरिएको छ ।

बजेटको स्रोततर्फ आन्तरिक ४ अर्ब ५७ करोड ७८ लाख ५० हजार र राजस्व बाँडफाँडबाट ११ अर्ब ६४ करोड ८१ लाख, संघीय अनुदानबाट १५ अर्ब ३६ करोड ४६ लाख, नगद मौज्दात ३ अर्ब ७५ करोड १ लाख र वैदेशिक अनुदानबाट १५ करोड ४ लाख ६० हजार आयको अनुमान रहेकाे उहाँले बजेट प्रस्तुतकाे क्रममा बताउनु भयाे । कृषिको आधुनिकीकरण गरेर रोजगारी सिर्जना गर्ने लक्ष्यका साथ ल्याइएको बजेटमा कृषि क्षेत्रका लागि २ अर्ब ७ करोड बजेट विनियोजन गरिएको छ । उद्योगतर्फ ४३ करोड, भौतिक पूर्वाधारतर्फ ११ अर्ब ४१ करोड २६ लाख, खानेपानी, सिँचाई तथा उर्जातर्फ ५ अर्ब ४३ करोड ८३ लाख बजेट विनियोजन गरिएको छ ।

यस्तै, स्वास्थ्यतर्फ ३ अर्ब ७ करोड २७ लाख, सामाजिक विकासतर्फ १ अर्ब ७९ करोड ३३ लाख, श्रम तथा रोजगार, भूमि व्यवस्था, वन, वन्यजन्तुल तथा जैविक विविधता, पर्यटनलगायत क्षेत्रमा बजेट विनियोजन गरिएको छ । प्रदेश सांसद पूर्वाधार विकास कार्यक्रमका लागि १ अर्ब ५० करोड बजेट विनियोजन गरिएको छ । प्रदेश प्रमुख परशुराम खापुङले बजेटको अध्यादेश बिहीबार जारी गरेपछि कार्कीले सार्वजनिक गर्नु भएकाे हाे । कोशी प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा कोशी प्रदेश आर्थिक अध्यादेश र विनियोजन अध्यादेश २०८० प्रदेश प्रमुख खापुङले जारी गर्नु भएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post अनलाइन बेटिङको आरोपमा कमेडी कलाकार सहित यूट्यूबर पक्राउ
Next post अटिजमका लागि दमकमा पूनस्थर्पना केन्द्र संचालनमा