नेपालमा पनि देखा पर्याे एमपक्स भाइरसः हालसम्म विश्वमा ११२ काे मृत्यु

२ असार २०८०,सारासन्देश समाचार– विश्वकाे ११० मुलुकमा फैलिसकेकाे  मङ्कीपक्स भाइरसबाट हुने एमपक्स सङ्क्रमण नेपालमा पनि देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले विज्ञप्ति जारी गर्दै मङ्कीपक्स भाइरस (एमपक्स) सङ्क्रमण देखिएको जानकारी दिनुभयो । हिजाे एक ६० वर्षीय विदेशी महिलामा एमपक्ससँग मिल्दोजुल्दो लक्षण देखिएपछि काठमाडौँको अस्पतालमा परीक्षण भइरहेको थियो । ती महिलाको शरीरबाट नमूना सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा हिजो एमपक्स सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

मङकीपक्सको बारेमा थप खोज अनुसन्धान तथा उपचार जारी रहेको जनाइएको छ । मङ्कीपक्स विश्वभरकाे १११ औँ देशकाे सूचीमा नेपाल हिजाेबाट परेकाे छ । यो मङ्कीपक्स भाइरसबाट हुने एक किसिमको सरुवा रोग हो ।  यो एमपक्स रोग मानिसबाट मानिसमा वा जनावारबाट मानिसमा सर्ने गर्दछ । मानिस मानिसबीच चुम्बन वा सहबास हुँदा, संक्रमित जनावर मारेर खाँदा वा संक्रमित आमाबाट जन्मिएका बच्चामा समेत याे राेग देखा पर्न सक्ने विश्व स्वास्थ्य संगठनले जनाएकाे छ  ।

याे राेग सन् १९७० तिरै विफरको उन्मूलन र विश्वव्यापी विफर खोपको अन्त्यपछि मङ्कीपक्स मध्य, पूर्वी र पश्चिमा अफ्रिकामा देखा परेकाे हाे । पछिल्लाे समय सन् २००३ मा अमेरिकामा देखा परे पछि हालसम्म १ बढी मुलुकमा ८७ हजार मानिस संक्रमित भएका छन् । यस्तै ११२ जनाकाे मृत्यु समेत भएकाे विश्व स्वास्थ्य संगठनले जनाएकाे छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई पुर्पक्षका लागि थुनामा राख्न कारागार चलान
Next post हिमाल सागरकाे नयाँ गीतमा निर्देशक पौडेलकाे मोडलिङ (फाेटाे फिचर)