हिमाल सागरकाे नयाँ गीतमा निर्देशक पौडेलकाे मोडलिङ (फाेटाे फिचर)

२ असार २०८०, सारासन्देश समाचार
प्रविधिको विकाससँगै नयाँपन खोजिन थाले पछि रंगमञ्चमा पनि फरक फरक स्वाद र रुची देखिन थालेको छ । नेपाली चलचित्र धुनका निर्देशक पछिल्लो समय चलचित्रको कामसँगै भ्यूजिक भिडियोमा समेतमा व्यस्त हुन थालेका छन् । त्यो पनि मोडलको रुपमा ।

हिमाल सागर र अनु चौधरीको स्वरमा हालै मात्र बजारमा सार्वजनिक भएको पूर्णिमाको जुन झै बोलको गीतमा मोडलकोरुपमा कृष्ण पौडेल र इन्दु दनुवार देखा परेका छन् । सन्तोष दाहालको शब्द र विशाल निरौलाको संगीतमा तयार भएको गीतलाई युवराज खत्रीले निर्देशन गर्नु भएको छ ।
रंगमञ्च क्षेत्रमा स्थापित गायक गायिकाको स्वरमा रहेको गितको म्यूजिक भिडियो भने हालै मात्र तारा सितारा प्रोडक्शन यूट्यूव च्यानाल मार्फत सार्वजनिक गरिएको छ । नयाँ गीत कतिको चल्छ भन्ने कुरा आगामी दिनमा दर्शकको मायाबाट थाहा हुने निर्देशक तथा कलाकार कृष्ण पौडेलले बताउनु भयो ।  पौडेलले आफूले निर्देशन गरेका अन्य दर्जन बढी म्यूजिक भिडियो समेत बजारमा आइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा पनि देखा पर्याे एमपक्स भाइरसः हालसम्म विश्वमा ११२ काे मृत्यु
Next post उखुम गर्मीमा दक्षिणी झापाका अधिकांश विधालयमा पंखा छैनः अव पढ्ने कसरी (फाेटाे फिचर)