पूर्वी नेपालमा बाढीको वितण्डा करोडौंको क्षतिः ७ जनाकाे मृत्यु २७ वेपता (बाढीकाे क्षति तस्वीरमा)

४ असार २०८०, सारासन्देश समाचार
पूर्वी नेपालमा परेको भारी बर्षाका कारण आएको बाढी र पहिरोले करौडौंको क्षति भएको छ । विभिन्न स्थान ७ जनाकाे ज्यान गएकाे छ । २७ दर्जन हाराहारीमा मानिसहरु वेपता भएका छन् । वेपताहरु मध्ये केहीको लाश भेटिएको छ भने अझै संखुवासभामा मात्र २१ जना हराईरहेका छन् । ताप्लेजुङ र पाँचथरमा ६ जना वेपता भएका छन् । अझै पनि वेपताहरूकाे खाेजी कार्य जारी रहेकाे छ। बाढीबाट ३ दर्जन घर परिवार विस्थापित भएका छन् । यसैबीच बाढी तथा पहिरो पीडितलाई राहत पुर्याउन सरकारले काम शुरु गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वयम् देशका विभिन्न भागमा बाढी पहिरो पीडितको अवस्था बुझ्न निस्किनु भएको छ । बाढी पहिरोले खासगरी पूर्वी नेपालको ताप्लेजुङ्ग, पाँचथर र संखुवासभा जिल्ला धेरै प्रभावित बनेको छ । बाढीको वितण्डा र क्षतिको अवस्था संकलन हुन अझै केही दिन लाग्ने प्रहरी प्रधान कार्यालय काठमाण्डौंले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post पूर्वमा नदि तथा खाेला आसपास बस्नेहरूले सतर्कता अपनाउन आग्रह
Next post चार दलकाे एउटै समाजबादी माेर्चा घाेषणाः १५ बूँदे उदृेश्य, नीति र प्रतिवद्धता सार्वजनिक