पूर्वमा नदि तथा खाेला आसपास बस्नेहरूले सतर्कता अपनाउन आग्रह

४ असार २०८०, सङ्खुवासभा– सङ्खुवासभाको सभा नदी तुम्लिङटार जलमापन केन्द्रको जलसतह सतर्कता तहसम्म पुगेको छ । यो बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रहरूमा सतर्कता अपनाउन केन्द्रले अपिल समेत गरेकाे छ ।  सङ्खुवासभाको नुम र वरपरको क्षेत्रमा भारी वर्षा मापन भएको छ । सो क्षेत्र भइ बहने स-साना नदीहरूमा पनि आकस्मिक बहाव तथा कमजोर तथा भिरालो भूभागमा पहिरोको जोखिम देखिएको छ ।

यसैगरी ताप्लेजुङको काबेली नदीमा जलसतह सतर्कता तहसम्म पुगेको छ । जलमापन केन्द्रको जलसतह अझ बढ्दो क्रममा रहेकोले काबेली र तमोरको तटीय क्षेत्रहरूमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । यसैबीच कोशी प्रदेशको एक दुई स्थानमा आज पनि भारी वर्षाको सम्भावना रहेको छ । कोशीसहित बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानहरूमा पनि मध्यम वर्षाको सम्भावना रहेको छ ।

हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस बर्ष कम बर्षा हुने भन्ने अनुमान गरिएकाे भए पनि नेपालमा मनसुन भित्रिएकाे २ दिनमै पूर्वी पहाडी क्षेत्रमा भीषण बर्षाका कारण ठूलाे धनजनके क्षति भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post पूर्वी नेपालकाे ३ जिल्लामा बाढी र पहिरोका काराण तीन जनाको मृत्यु २९ बेपत्ता
Next post पूर्वी नेपालमा बाढीको वितण्डा करोडौंको क्षतिः ७ जनाकाे मृत्यु २७ वेपता (बाढीकाे क्षति तस्वीरमा)