0 0
Read Time:2 Minute, 32 Second

५ असार २०८०/सारासन्देश समाचार
३ दशक देखि घर फर्कने आशमा बसेका भूटानीलाई नक्कली शरणार्थी प्रकरणले असर गरेको भन्दै छानविन गरी शरणार्थी समस्या समाधान गर्न माग गरिएको छ । जुन महिनाको २० तारिखमा पर्ने विश्व शरणार्थी दिवशको अवसरमा शरणार्थी शिविरका नेतृत्वले यूएनएचसीआर समक्ष माग गरिएको छ ।
विश्व भरीका शरणार्थीले आफ्नो अधिकारका लागि दिवश मनाइरहँदा भूटानी शरणार्थीको नाममा यसरी नेपाल सरकारका जिम्मेवार पदाधिकारी बाटै खेलवाड हुँदा आफ्नो देश फर्कन चाहाने भूटानी शरणार्थीलाई ठूलो असर पुगेको यूएनएचिआरका नेपाल देश प्रतिनिधि क्यारोलिन भर्मालाई प्रेसित पत्रमा उल्लेख गरिएको छ । राष्ट्रिय पूनर्मिलन समिति भूटानका अध्यक्ष कृष्णविर तामाङ र स्वतन्त्र जनमञ्च भूटानका महासचिव धनविर सुब्बाले हस्ताक्षर गरेको पत्रमा शरणार्थी समस्या समाधान नगरेञ्जेल स्वास्थ्य, शिक्षा, खानेपानी र खाद्यन्य जस्ता नभई नहुने कुराहरु आपुर्ति गर्न यूएनएचसीआरलाई माग समेत गरिएको छ । यस्तै पत्रमा ३ दशकदेखि घर फर्कने आशामा वसेका खाटी भूटानी शरणार्थीको समस्या समाधान लागि भूटान सरकारलाई वार्ताको टेवलमा ल्याउन समेत माग गरिएको छ । यस्तै विश्व शरणार्थी दिवशको अवसरमा आज वेलडाँगी विभिन्न कार्याक्रम समेत भएको छ ।


यता हालै भएको नक्कली शरणार्थी काण्डले भूटानले नेपालमा खाटी भूटानी छैनन् भन्दै आएकोमा भूटानलाई थप बल पगेको शरणार्थी अगुवाहरुले बताएका छन् । यस विषयमा तत्काल यूएनएचसीआरले छानविन गरी शरणार्थी शिविरमा बसोवास गर्दै आएका खाटी भूटानी शरणार्थीको विषयमा आफ्नो धाराणा सार्वजनिक नगरे भुटानी शरणार्थीलाई थप समस्या हुने भन्दै छानविनको माग गर्दै आएका छन् ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

By admin

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *