४ लाख रूपयाँ घुससहित ग्रामीण सडक सुधार आयोजनाका तीन कर्मचारी पक्राउ

५ असार २०८०/सारासन्देश समाचार
सडक आयोजनाको काममा बिल भुक्तानी गरिदिएबापत चार लाख रुपैयाँ घुस लिँदै गर्दा उपसचिवसहित चारजनालाई रंगेहात पक्राउ गरिएको छ ।
ग्रामीण सडक सुधार आयोजना कार्यान्वयन एकाइ दमक झापाका आयोजना व्यवस्थापक उपसचिवसरहका कर्मचारी हुताराज चौहान, इन्जिनियर रवीन्द्रकुमार शर्मा र लेखापाल हिमाल पौडेललाई अख्तियारको केन्द्रीय कार्यालय टंगाल र इटहरी कार्यालयको संयुक्त टोलीले मंगलबार रंगेहात पक्राउ गरेको हो ।


सडक निर्माण कार्यको अन्तिम बिल भुक्तानीका लागि सहजीकरण गरिदिएबापत भन्दै उनीहरूले सेवाग्राहीसँग घुस लिएको खुलेको छ । अख्तियारको टोलीले उनीहरूलाई घुस लिइसकेको अवस्थामा कार्यालयबाटै नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । यसैगरी उनीहरुको साथबाट स्रोत नखुलेको २ लाख २२ हजार २ सय ८० रुपयाँ समेत नियन्त्रणमा लिइएको आयोगका प्रबक्ता भोला दाहालले विज्ञप्ती मार्फत जानकारी दिनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नक्कली शरणार्थी प्रकरण छानविन गर्दै खाटी भूटानी शरणार्थीलाई सहयोग गर्न माग
Next post चट्याङ पर्दा कुदिरहेकाे कार पल्टियाेः ५ जना घाइते