खर्च नहुँदा ओछ्यानमै थलाः सहयोग जुटे बाँच्ने थिएँ विश्वकर्मा (भिडियाे कथा)

स्थानीय सरकारले गरेन सहयोग

७ असार २०८०/डिकेश लामा
मजदुरी गरेर गुजरा गर्दै आउनु भएका ५७ बर्षीय आइतराज विश्वकर्मा खर्चको अभाव लामो समय देखि ओछ्यानमै थलिनु भएको छ । दमक वडा नं. ९ को सुकुम्बासी बस्तीमा बस्तै आउनु भएका विश्वकर्माले उपचारका लागि सहयोगको आचना गर्नु भएको छ ।
घरमुनी पानी बग्छ । बर्षातमै उस्तै जोखिम । नेताहरु धेरैलाई दुखेसो राख्दा पनि कसैले सुनेनन् । भोट माग्न बाहेक अरुवेला कहिले आफ्नो झुप्रोमा आइनपुगेको उहाँले बताउनु भयो ।
दमकमा ३० बर्ष देखि सुकुम्बासी बस्तीमा बस्दै आउनु भएका ५७ बर्षीय विश्वकर्मा आफू सक्ने हुँदा रिक्सा तथा ठेला चलाउनु हुन्थ्यो । तर यतिखेर खर्चकै अभावमा मृत्यु र जीवनको दोसाँधमा छटपटाउनु परेको छ । ओछ्यानमै थलिनु भएका उहाँले सहयोगीहरुले सहयोग गरे बाँच्ने आशा रहेको बताउनु भयो । शरीर सुकेर सिन्का जस्तै भएको छ । डाक्टरले गठिया बाध भनेकाले खानेकुरा बारेरै धेरै घटेको उहाँको ठम्याइ छ ।

पैसा भए उपचार गर्ने सोच बनाएर थलिएको २ महिना वितिसक्दा समेत कतैबाट सहयोग नजुटे पछि थप समस्या बढ्दै गएको उहाँकी धर्म पत्नि दिलमायाले बताउनु भयो ।
केही समय अघिसम्म श्रीमति दिलमायाले सडकमा मकै पोलेर गुजारा गर्दै आउनु भएको थियो । तर श्रीमान्लाई गठिया बाथले भेटेर ओछ्यान थलिए पछि काम छाडेर विरामीको स्याहारमा लाग्नु परेको छ । न आफू बसेको जग्गाको धनीपूर्जा छ न गरिखाने ठाउँ नै । वडामा गएर सहयोग माग्दा समेत एक बोरा चामाल मात्र सहयोग गरे पछि फेरि कता माग्ने उहाँलाई नै थाहा छैन । वडाले केही सहयोग गर्छ भन्ने आशा एक बोरा चामालमै सिमित बन्यो । उहाँले भन्नु भयो, ‘कतै तपाईंहरुले यसो मिडियामा देखाएर सहयोग जुट्छ कि भन्ने आशा छ ।’ उहाँले आखाँमा आशु झार्दै भन्नु भयो, ‘विक्री भए त यही घर बसेको ऐलानी १० धुर जग्गा भए पनि वेच्थे नि विक्री हुँदैन ।’


विश्वकर्मा दम्पतिको ४ जना छोरी छन् । तर सवैको विवाह भएर अर्काको घरम छन् । वेला वेला आएर खानाको जोहो र तयार गरिसम्मको काम गर्दै आएका छन् । तर खर्च नहुँदा उपचार गर्न नसकेकाले मृत्यु पर्खनु बाहेक विकल्प नभएको उहाँले भावुक हुँदै बताउनु भयो ।
बर्तमान संघीय संविधानको धारा ३५ मा स्वास्थ्यसम्बन्धी हकलाई मौलिक हकरुपमा सुचिकृत गरिएको छ । धारा छ पानी छैन भने जस्तै अधिकार छ तर कान्र्वान्वयन नहुँदा खासगरी विपन्न र पिछाडिएका समूदायहरु सँधै समस्यामा पर्ने गरेको उनीहरुको भनाइ छ ।

भिडियाे कथा हेर्नका लागि तलकाे लिंक थिच्नुहाेस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post हवाई इन्धनको मुल्य घटेसँगै भाडा दर घट्याे
Next post पहिरोमा परी ओखलढुङ्गाको चम्पादेवीमा एकै घरका तीन जनाको मृत्यु