मनकामनामा नजिकै जन्ति बाेकेकाे बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु, १२ जना घाइते

८ असार २०८०, गोरखा– गोरखामा जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार पुरुष र एक महिला रहेका छन् । मृत्यु हुनेहरुमा शहीद लखन गाउँपालिका५ पोखरीडाँडाका २५ वर्षीय प्रविन थापा, २४ वर्षीय वीरबहादुर थापा, १८ वर्षीय निरज थापा, १७ वर्षीया नविना थापा र ६४ वर्षीय धनबहादुर थापा रहेका छन् । दुर्घटनामा परी १२ जना घाइते भएको गोरखाका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिनुभयो । सहिद लखन–३ चिलिङकोटबाट बेहुली लिएर सहिद लखन–५ ताक्लुङबाट फर्किँदै गरेको ०१–०२३च ४४ २७ नम्बरको जिप गए राति दुर्घटनामा परेको हो ।

प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालका अनुसार घट्ना लगत्तै जिल्लाबाट डिएसपी लामिछानेको नेतृत्वमा प्रहरी टोली घट्नास्थलमा गएको थियो । अहिले प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयले घाइतेको उद्धार गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post पहिरोमा परी ओखलढुङ्गाको चम्पादेवीमा एकै घरका तीन जनाको मृत्यु
Next post बाढीले बगाउँदा ३० जलविद्युत् आयोजनामा आठ अर्ब रुपैयाँ भन्दा बढीको क्षति (फाेटाे फिचर)