नक्कली मदिरा सहित गाडी र दुई भारतीय पक्राउ

९ असार २०८०, सिराह– नक्कली मदिरा सहित सिरहा प्रहरीले दुई जना भारतीय नागरिकलाई आज पक्राउ गरेकाे छ ।  पक्राउ पर्नेहरु भारत दरभङ्गा लहेरीया सराय ग्रामपञ्चायत ४ का २६ वर्षिय बैजु पण्डित र सोही ग्राम पञ्चायत ७ बस्ने २३ वर्षिय कमलेश पण्डित रहेका छन् । झापा स्थित मेची नाका हुँदै उनीहरू नेपाल प्रवेश गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरिक्षक रविन्द्र राज पाण्डेयले जानकारी दिनुभयो ।  उहाँका अनुसार पक्राउ गरिएकाहरु लोकमार्ग अन्तर्रगत पुर्वबाट पश्चिम तर्फ आउदै गरेको वीआर ०१ पीवी ०८२७ नम्वरको टाटा सुमो गाडी धनगढीमाई नपा १० मा प्रहरीले चेक जाँच गर्ने क्रममा रोयलस्टग २ सय ४ बोतल र अफिस च्वाईस २ सय ८७ बोतल बरामत गरी आवश्यक कार्वाहीको लागि राजश्व कार्यालय लहानलाई बुझाएको बताइएकाे छ ।

पूर्वी नेपालकाे मेची नाकाबाट खाली गाडीको भन्सार गराई भारतबाट नेपाल प्रवेशको गाडी धनगढीमाई प्रहरीलाई शंकालािग चेकजाँच गर्ने क्रममा लुकाई छिपाई राखेको ३ लाख १० हजार ४ सय १६ रुपैयाँ मूल्य बराबरको मदिरा, गाडी र गाडीमा रहेका लाई नियन्त्रणमा कार्वाही प्रकृया बढाइएकाे प्रहरीले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post बाढीले बगाउँदा ३० जलविद्युत् आयोजनामा आठ अर्ब रुपैयाँ भन्दा बढीको क्षति (फाेटाे फिचर)
Next post तेक्वान्दो डोजाङका जुनियर तथा सिनियर खेलाडीहरुको दमकमा ग्रेडिङ सम्पन्न